प्रधानसेनापति थापा र भारतीय सेनाका क्वार्टर मास्टर जनरलबीच भेटवार्ता



न्युज अफ नेपाल, काठमाडौँ ।

प्रधानसेनापति पूर्णचन्द्र थापा र भारतीय सेनाका क्वार्टर मास्टर जनरल गोपाल आरबीच सोमबार जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ । उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

यस भेटवार्ताले दुई देश बीचको सैनिक सम्बन्ध अझ सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्