बाबुको हत्या अभियोगमा २० वर्षपछि पक्राउ

0
Shares

काठमाडौं, (नेस)। आफ्नै बाबुलाई करिब २० वर्ष अघि धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा काठमाडौं कपन बस्ने काभ्रे नमोबुद्ध नगरपालिका–११ बिमिरे गाउँ घर भएका ४० वर्षीय रनकाजी भन्ने रनबहादुर तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

२०५७ चैत २९ गते दिउँसो सामान्य घरायसी विवाद हुँदा आफ्नै बाबु धमैसिंह तामाङलाई धारिलो हतियार प्रहार गरी हत्या पश्चात फरार रहेका रन बहादुरलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं कीर्तिपुर नगरपालिका–२ चोभारमा फेला पारी पक्राउ गरेको हो।

रनबहादुर उक्त घटनापश्चात् वैदेशिक रोजगारीको सिलसिलामा कुवेत समेत गएर फिर्ता भई आफ्नो वास्तविक परिचयसमेत लुकाई काठमाडौंको विभिन्न स्थानमा लुकिछिपी बस्दै आएको अनुसन्धानबाट खुल्न आएको उक्त व्युरोले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Skip This