आँचलको ‘एकान दुई कान मैदान’



काठमाडौं । आशिष सचिन गौतम र मेलिना राईको स्वर रहेको गीत ‘एकान दुई कान मैदान’ सार्वजनिक भएको छ । हिमान्शु रायमाझीको शब्द रहेको गीतमा भीम बिसीको सङ्गीत रहेको छ ।

मङ्गलवार भिडियो सहित युट्युबमा सार्वजनिक गरिएको गीतमा गायक आशिषसँगै सरोज खनाल, आँचल शर्मा, सरोज अधिकारी, आश्मा विश्वकर्मा, पवन माकुरी फिचर्ड छन् । गीतको भिडियोलाई भद्रगोलका काकु अर्थात् दीपक आचार्यले निर्देशन तथा गम्भीर विष्टले कोरियोग्राफी गरेका हुन् ।

साथै उदयराज पौडेलको सङ्गीत संयोजन रहेको गीतको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । म्युजिक भिडियोलाई जीवन थापाले सम्पादन गरेका छन् । फिल्मी शैलीमा तयार भएको म्युजिक भिडियोलाई स्तरीय र राम्रो बनाउन आफू हरसमय प्रयासरत रहेकोले यो गीतमा पनि आफूले राम्रो मिहेनत गरेको निर्देशक आचार्यको भनाई रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्