कविताः गन्धै ठान्छन् (सनत कुमार थापा)



तोकिएको पारिश्रमिक यिनीहरु नै बुझ्दै छन् ।
काठमाडौंमा मँहगा घर–घडेरी यिनै जोड्छन् ।।

इमानदारलाई घेराबन्दीमा पार्न यिनै खोज्छन् ।
असल सुशासनको कुरा यिनै के विधि गर्छन् ।।

कानुन विपरीत काम गर्न दबाब तिनै दिन्छन् ।
अनि तिनै व्यक्तिले सबैलाई बद्मास देख्छन् ।।

आफ्नो अनुकूल नियम कानुनको व्याख्या गर्छन् ।
कतियपय कुरा नबुझी यिनीहरु आफ्नै जिद्धि गर्छन् ।।

लौ हेर फोहोरमा डुबेकाले जताततै फोहोर देख्छन् ।
गुलाफको बास्नालाई पनि यिनीहरु गन्धै ठान्छन् ।

मानिसको व्यवहार र प्रस्तुतिबाट नै पहिचान हुन्छ ।
उसको प्रस्तुतिबाट कुनै हैसियत के हो स्पष्ट खुल्छ ।।

फूलको आँखामा फूलै संसार यही भएर पो रहेछ ।
काँडाको आँखाले काँडैको संसार पो देख्दो रहेछ ।।

-सनत कुमार थापा

विभागीय प्रमुख
काठमाडौं महानगरपालिका, सामाजिक विकास विभाग

प्रतिक्रिया दिनुहोस्