श्रीमती र छोरालाई जिउँदै आगो लगाउने श्रीमान पक्राउ



धादिङ । श्रीमती बिमला दराई लम्साल र १५ महिने छोरा जेनिसलाई तारपिनको तेल हालेर जलाउन प्रयास गर्ने श्रीमान पक्राउ परेका छन् । २५ वर्षीय गणेश लम्साललाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको ।

रक्सीले मातिएका गणेशले घरको धन्सारमा भित्रबाट चुकुल लगाइ श्रीाती र छोरालाई रङ लगाउन प्रयोग हुने तारपिन तेल खन्याएर जलाएका थिए । बिमला आफ्नो छोरा बोकेर झ्यालबाट हाम फालेर ज्यान जोगाएकी थिइन् ।

घाइते भएकी बिमलाको घाँटी, अनुहार, देब्रे हात, देब्रे खुट्टा र छाती जलेको छ । यस्तै १५ महिने जेनिसको पेट, ढाड, देब्रे हात र देब्रे खुट्टामा जलेको छ । घाइते बिमलाले श्रीमानलाई हदैसम्मको कारबाही गर्न माग गरेकी छन् ।

पक्राउ परेका लम्साललाई ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा अघि बढाइएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्