तारपिनतेल हालेर श्रीमती र छोरालाई जिउँदै जलाउने प्रयास 



धादिङ । मध्य धादिङका एकजना पुरुषले आफ्नै श्रीमती र छोरालाई जिउँदै जलाएर मार्ने प्रयास गरेका छन् । सिद्धलेक गाउँपालिका– १ निवासी २४ वर्षीया बिमला दाराई लम्साल र १५ महिनाको छोरा जेनिसलाई श्रीमानले तारपिनतेल हालेर जलाएका छन् ।

घाइते भएका आमा छोराको जिल्ला अस्पताल धादिङमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्