रोकिएको कारलाई ट्रकको ठक्कर, एकको मृत्यु



तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत व्यास १२ कमलबारीमा रोकिराखेको पर्यटक कारलाई ट्रकले ठक्कर दिएको छ। ट्रकले कारलाई टक्कर दिँदा कार अगाडि बढेर मोटरसाइकललाई ठक्कर दिएको थियो। कारको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको हो भने एक घाइते भएका हुन्।

मृत्यु हुनेमा ना२०प ३१०९ नम्बरको मोटरसाइकल चालक भानु नगरपालिका ५ का ३९ वर्षीय सुदीपराज पौडेल रहेका छन् भने मोटरसाइकल पछाडि सवार सोही स्थानका ३४ वर्षीय प्रेमा न्यौपाने पौडेल घाइते भएका छन्। पौडेलको उपचारको क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ६ ख ७५६० नम्बरको ट्रकले राजमार्ग छेउमा रोकिराखेको कारलाई ठक्कर दिएको दिँदा मोटरसाइकललाई कारले ठक्कर दिएर घाइते भएका पौडेलको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँ प्रहरीले जानकारी दिएको छ।मोटरसाइकल सवार  श्रीमान् श्रीमती हुन् ।

प्रतिक्रिया दिनुहोस्