काठमाडौँ।
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा गर्ने तयारी गरेको छ। समूहले आगामी मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन आयोजना गर्ने गरी खुलामञ्च बुक गरिसकेको जनाएको छ।
देउवा समूहले गठन गरेको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अमृत कार्कीका अनुसार महाधिवेशनका लागि खुलामञ्चसँगै राष्ट्रियसभा गृह र भृकुटीमण्डपसमेत बुक गरिएको छ।
निर्वाचन समितिका अनुसार महाधिवेशनको उद्घाटन समारोह, बन्दसत्र तथा केन्द्रीय सदस्य पदका उम्मेदवारहरूको मतदान खुलामञ्चमा हुनेछ। त्यस्तै, पदाधिकारी चयनका लागि भने राष्ट्रियसभा गृहमा मतदानको व्यवस्था मिलाइनेछ।
भृकुटीमण्डपलाई महाधिवेशनमा सहभागी प्रतिनिधिहरूको खानपान व्यवस्थापनका लागि बुक गरिएको सदस्य सचिव कार्कीले जानकारी दिए।
देउवा समूहले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरेको छ भने आगामी कात्तिक १५ गते जिल्ला अधिवेशन गर्ने कार्यतालिका तय गरेको छ।











प्रतिक्रिया