प्रहरीलाई गाली गर्ने पक्राउ परे



काठमाडौं । प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीलाई गालीगलौज गर्ने एक जना पक्राउ परेका छन् ।

अछामका रिदम बिसी भनिने शंकर विकलाई पत्रकार रवि लामिछाने पक्राउ परेको विषयलाई लिएर समाजिक सञ्जालमा गालीगलौज गरेको भन्दै अछामको मंलसेनबाट पक्राउ गरी काठमाडौं ल्याइएकोे हो ।

विकले सामाजिक सञ्जाल फेसबूकमा काठमाडौं परिसर प्रमुखको फोटो राखी ‘रवि लामिछाने दाइलाई फसाउने यो नै हो’ भन्दै स्टाटस लेखेका थिए ।

उनलाई अछाम प्रहरीमार्फत काठमाडौं ल्याउन लागिएको प्रहरी परिसर काठमाडौंका प्रवक्ताले बताए ।

विकलाई विद्युतीय कारोवार ऐन अनुसार कारवाही प्रक्रिया अघि बढाइने प्राप्त समाचारमा उल्लेख छ।

भदौ १, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्