सेन्ट्रल कलेजमा मनाईयो विद्यर्थीहरुको भव्य कार्यक्रम



काठमाडौं । सेन्ट्रल कलेजले करिअर फेस्ट २०१९ सम्पन्न गरेको छ ।
बिबिए आठौं सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा भएको उक्त कार्यक्रम कलेजका संस्थापक अध्यक्ष गोपालकृष्ण श्रेष्ठले उद्घाटन गर्नुभएको थियो।

कार्यक्रममा लाइब म्युजिक ब्यान्डहरु साथै सांस्कृतिक कार्यक्रमहरु र खेलकुदहरु सञ्चालन गरिएको थियो । विभिन्न परामर्श केन्द्रहरु, ट्राभल एजेन्सीहरुका साथै एचआर कम्पनीहरू र बौकिङ्ग संस्थाहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा विभिन्न संघ –संस्थाहरुका बिभिन्न स्टलहरु राखिएको थियो । जस अन्तर्गत खाद्य पदार्थ, पेय पदार्थ किनबेच पनि गरिएको थियो ।
विद्यर्थीहरुको भविष्यलाई मध्यनजर गर्दै थुप्रै प्रयोगात्मक ज्ञान सिक्षण गराउनको लागि उक्त कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक काब्याश्री प्रधानले बताउनुभयो ।

यस्तै कार्यक्रमले विद्यार्थीहरुमा आत्माबिश्वास बढाउने, प्रयोगात्मक स्वास्थ्य र रोजगारी, एचआर व्यवस्थापन सम्बन्धि सल्लाह प्रदान गरेको कलेजका प्रबन्ध निर्देशक तथा प्राचार्य पारस श्रेष्ठको भनाई थियो ।

कार्यक्रमले व्यवस्थापन सम्बन्धि सिप र दक्षता अभिवृद्धि गराउनुका साथै विभिन्न उमेर, वर्गका मान्छेलाई एक साथ ल्याउन सहयोग पु¥याएको कलेजका सह–प्राचार्य गणेश बुढाथोकीले थप्नुभयो ।

रक्तकाली एजुकेसन फाउन्डेसन अन्तर्गत सन्चालित सेन्ट्रल कलेज अफ बिजनेस मेनेजमेन्ट पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त संस्था हो ।

शैक्षिक गुणस्तरसँगै विद्यार्थीहरुलाई सफल नागरिक बनाउनका लागि ब्यबहारिक ज्ञान र असल संस्कार पनि प्रदान गरिरहेकोले सेन्ट्ररल कलेज विद्यार्थीहरुको पहिलो रोजाइ बनेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्