महासंघको रिक्त कोषाध्यक्ष पदमा केसी



नेपाल समाचारपत्र, काठमाडौं
नेपाल उद्योग वाणिज्य महासंघको रिक्त कोषाध्यक्ष पदमा महासंघको कार्यकारिणी समितिका सदस्य निरक केसी निर्विरोध निर्वाचित हुनु भएको छ।

अध्यक्ष भवानी राणाको अध्यक्षतामा सम्पन्न महासंघको कार्यकारिणी समितिको १३औं बैठकबाट केसी कोषाध्यक्ष पदमा निर्वाचित हुनु भएको हो।

अध्यक्ष राणाले नवनिर्वाचित कोषाध्यक्ष केसीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको छ। कार्यकरिणी समितिको बैठकले महासंघको विद्यमान विधान संशोधन, उद्यमी व्यवसायीले भोग्नु परेका समस्या तथा मुलुकको उद्योग व्यवसायको समग्र अवस्थाका विषयमा छलफल समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्