जनरल इन्स्योरेन्स कम्पनीले शेयर निष्काशन गर्ने



नेपाल समाचारपत्र, काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपालको प्रथम बार्षिक साधारण सभा कम्पनीको सञ्चालक समितिका अध्यक्ष कुनाल कयालको अध्यक्षतामा सम्पन्न भएको छ।

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री तथा कम्पनीका संस्थापक अध्यक्ष झपटबहादुर बोहराले सभाको उद्घाटन गर्नुभएको थियो। कम्पनीले आव २०७५/०७६ मा ३१ हजार २१७ बीमालेख जारी गरेको छ। आव २०७५÷०७६ मा जम्मा दाबी संख्या ७३८ परेको मध्ये जम्मा दाबी संख्या ५०८ को रकम रु. ४३ लाख ७५, रुपिया“ भुक्तान गरिसकिएको छ।

कम्पनीको वार्षिक साधारण सभाको निर्णय बमोजिम कम्पनीको जारी पँजी अन्तर्गत सर्वसाधारण समुहका लागि छुट्याइएको ३० प्रतिशत दरले हुने जम्मा ३० करोडको शेयर आईपीओ सर्वसाधारण समक्ष निष्कासन गर्ने कम्पनीले जनाएको छ। हाल कम्पनीले ३८ वटा शाखा तथा १० वटा उपशाखा कार्यालयबाट सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्