राष्ट्रिय वाणिज्य बैंक र नेसनल बैंकिङ इन्ष्टिच्युटबीच सम्झौता



नेपाल समाचारपत्र, काठमाडौं ।

राष्ट्रिय वाणिज्य बैंक र नेसनल बैंकिङ इन्ष्टिच्युटबीच बैंकिङ तालिम सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेशनल बैंकिङ इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बाले हस्ताक्षर गर्नुभएको छ।

त्यसक्रममा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले कर्मचारीहरूको दक्षता अभिवृद्धिबाट नै बैंकले दिगो प्रगति हासिल गर्न सक्ने बताउनुभयो। इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत सुब्बाले बैंकिङ क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंक मार्गदर्शनको रुपमा रहेकोले बजारले यस बैंकलाई नियालिरहेको बताउनुभयो।

उक्त सम्झौता भएपश्चात आव २०७६÷०७७ मा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरूको कार्यदक्षता अभिवृद्धिको लागि नेशनल बैंकिङ इन्ष्टिच्युटले विभिन्न विषयमा नियमित रुपमा बैंकिङ तालिम प्रदान गर्नेछ।

प्रतिक्रिया दिनुहोस्