लुम्बिनी जनरल इन्स्योरेन्सको साधारण सभा सम्पन्न



काठमाडौं, (नेस) । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको १४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७४÷०७५ को वासलात, नाफा नोक्सान हिसाव तथा प्रगति विवरण प्रस्तुत गर्नुहुंदै कम्पनीका अध्यक्ष मनोहर दास मूलले बिगतका वर्षहरूमा नियमित लाभांश प्रदान गर्दै आएको, बीमा समितिको निर्देशनअनुसार १ अर्ब चुक्ता पुँजी पु¥याउनको यस कम्पनीलाई १२ करोड आवश्यक पर्नेमा साविककै ढाँंचामा वित्तीय विवरण तयार गर्दा करिब १४ करोड ८० लाख बोनस वितरण गर्न सकिने अवस्था रहेपनि यसपटक नयांँ ढांचा अनुसार अर्थात एनएफआरएस प्रणालीबाट वित्तीय विवरण तयार गर्दा लक्ष्य अनुसार बोनस वितरण गर्न नसकिएको जानकारी गराउनुभयो।

बीमा समितिको निर्देशन अनुसार १ अर्ब चुक्ता पुँजी पु¥याउनको लागि बिशेष साधारण सभाको निर्णय अनुसार २० प्रतिशत हकप्रद शेयर जारी गर्न लागिएको अध्यक्षले जानकारी गराउनुभयो। संस्थापकतर्फको हकप्रद शेयरको रकम सबै संस्थापकहरूबाट अग्रिम रुपमा प्राप्त भई सकेको जानकारी पनि गराउनुभयो।

आव २०७४÷०७५ मा अघिल्लो बर्षको तुलनामा १२ प्रतिशतले वृद्धि भई करिब १ अर्ब २६ करोड बीमाशुल्क आर्जन भएको र आव २०७५÷०७६ मा१ अर्ब ३६ करोड बीमा शुल्क आर्जन भएको अध्यक्षले जानकारी गराउनुभयो।

प्रतिक्रिया दिनुहोस्