सिरहामा मापदण्ड विपरीत रहेका तीन क्लिनिकमा तालाबन्दी, एकको दार्ता खारेज



सुभेन्द्र दास ,लहान । सिरहामा मापदण्ड विपरीत रहेको सवास्थ्य संस्थाहरुमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ । अनुगमनका कर्म्रमा मापदण्ड विपरित सञ्चालित, नविकरण नगरिएका विभिन्न स्वास्थ्य संस्थामाथि कारबाही प्रक्रिया अघि बढाइएको हो ।

लहान स्थित लिलामदन पोलिक्लिनिक एण्ड प्रसूती गृहमा सोमबार अनुगमन समितिले तालाबन्दी गरेको छ । नविकरणको म्या्द गुजारेर स्वतः खारेजीमा परिसकेको पोलिक्लिनिकलाई बन्द गर्न जेठ २१ गत्ते जिल्ला स्वास्थ्य कार्यालय सिरहाले पत्र पठाएको थियो।

जिल्ला स्वास्थ्य प्रमुख डा. नागेन्द्र प्रसाद यादव, इलाका प्रशासन कार्यालय लहानका प्रमुख कमलराज भण्डारी, जिल्ला स्थित उपभोतmा मञ्चका पदाधिकारीसहितको अनुगमन टोलीले लहानमा सञ्चालित पोलिक्लिनिक र डेन्डल क्लिनिकको अनुगमन गर्दा अधिकांशले नियम विपरित सेवा सञ्चालन गरेको पाइएको हो। अनुमतिबिना नै सञ्चालनमा रहेको लहान–३ अस्पताल चोक स्थित हिमाल डेन्डल क्लिनिकमा समेत तालाबन्दी गरिएको छ।

सेराज पोलिक्लिनिक, त्रिशतिm पोलिक्लिनिक, लहान एडभान्स पोलिक्लिनिकमा अनुगमन गर्दा अनुमति लिएकोभन्दा बाहेकको सेवा सञ्चालन गरेको पाइएपछि ती सेवाहरु बन्द गरिएको जिल्ला स्वास्थ्य प्रमुख डा. नागेन्द्र प्रसाद यादवले जानकारी दिए।

सेराज पोलिक्लिनिकमा डेन्टल, प्रसुती र भिडियो एक्सरेलगायतका सेवा अनुमति बेगर गैरकानुनी रुपमा सञ्चालन भैरहेको पाइएपछि ती सेवा बन्द गरि सञ्चालकलाई सचेत गराइएको थियो। त्रिशक्ती र एडभान्स पोलिक्लिनिकमा पनि भिडियो एक्सरे सेवा गैरकानुनी रुपमा सञ्चालनमा रहेको पाइएको डा. यादवले बताए। लहान– ३ अस्पताल चोक स्थित दिव्या चाइल्ड केयरमा अुनमति बेगर बिरामी भर्न गरि उपचार गरिरहेको पाइएको थियो।

स्वतः खारेजीमा परिरसकेका स्वास्थ्य संस्थाहरूले कानुनी रूपमा सेवा सञ्चालन तत्काल बन्द गर्नुपर्ने डा. यादवले बताए। तर, कानुन कार्यान्वयन पक्ष कमजोर हुँदा यी स्वास्थ्य संस्थाहरूले आफ्ना सेवा सञ्चालन गरिरहेका थिए, छन्।

प्रतिक्रिया दिनुहोस्