बिप्लव समूहका कार्यकर्ताद्धारा आत्मसमर्पण



धनवीर दाहाल,रुकुम।  प्रतिबन्धित नेत्रविक्रम चन्द बिप्लव समूहका चार जना कार्यकर्ताले आत्मसर्पण गरेका गरेका छन् । रुकुम पूर्व जिल्ला प्रशासन कार्यालयमा पुगेर उनीहरुले शुक्रबार आत्मसमर्पण गरेका हुन ।

सो समुह नेतृत्वका भूमे गाउँपालिकाका पूर्व इन्चार्ज तथा हालका कार्यकर्ता रोल्पाको थवाङ गाउँपालिका १ घर भइ भूमे गाउँपालिका २, बस्दै आएका २५ वर्षका बालकुमार बुढा मगर सहित ४ जनाले आत्मसमर्पण गरेका छन् ।

उनीसँगै भूमे गाउँपालिका ६, महतका ३० वर्षीय बटकुमार बुढा मगर, सोही ठाउँका १९ वर्षीय विनोद छिनाल र महतकै २४ वर्षीय महेश सुनारले आत्मसमर्पण गरेका हुन् । उनीहरु चन्द समूहका सक्रिय र भूमिगत कार्यकर्ता भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयसँगको सम्पर्क मार्फत उनीहरुले जिल्ला प्रशासन कार्यालयमा आत्मसपर्मण गरेको जिल्ला प्रहरी प्रमुख,प्रहरी नायव उपरीक्षक योगेन्द्रकुमार खड्काले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्