काम नगर्ने कर्मचारीलाई पाता कस्ने गरि ऐन आउँछ – मन्त्री पण्डित



नेपाल समाचारपत्र ,पर्वत ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले काम नगर्ने गठ कर्मचारीलाई पाता कस्ने गरि संघीय निजामति ऐन ल्याउने तयारी भएको बताउनुभएको छ ।

प्रेस संगठन पर्वतले शुक्रवार कुश्मामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री पण्डितले आफनो काम र जिम्बेवारी पुरा नगर्ने कर्मचारीलाई पाता कस्ने गरि ऐनका मस्यौता भएको बताउनुभएको हो ।

‘काम नगर्ने ठग कर्मचारीलाई पाता कस्ने हो’उहाँले भन्नुभयो ‘काम गर्ने र इमान्दार कर्मचारीलाइ पुरस्कृत गर्ने गरि ऐन आउँछ’ । ऐनमा कर्मचारीको सेवा सुबिधा र उमेर हद समेत बढाउने ब्यबस्था हुने उहाँको भनाई छ । संघीय निजामती ऐन अन्तिम चरणमा रहेको बताउँदै संसदको यही अधिबेशनबाट पारित हुने भनाई मन्त्री पण्डितको छ ।

यसै साता संसदबाट पारित हुने बताउनुभयो । उहाँले काम नगर्ने र ठग कर्मचारीहरुलाई पाता कसेर बाँध्नेगरी ऐन आउन लागेको बताउँदै काम गर्नेलाई प्रोत्साहन र नगर्नेलाई कारवाहि गर्नेगरी ऐन ल्याउन लागिएको बताउनुभयो ।

मन्त्री पण्डितले कार्यालय समयमा कर्मचारीलाई टे«ड यूनियन अधिकार नहुने बताउँदै सामुहिक राजीनामा दिनेलाई एक पटक सोधिने र राजिनामा गर्न चाहेमा बिदा गरिन्छ भन्नुभयो । ‘काम गर्ने चाहना नहुनेलाई बिदा गरिदिनुपर्छ’ उहाँले भन्नुभयो ‘सरकारलाई घुक्याउने र पदमा बसिरहनेका दिन अब सकिएका छन’ उहाँले पुराना कर्मचारीहरु कि त रुपान्तरण हुनु पर्दछ कि त हट्नुपर्ने बताउनुभयो ।

कसैको मुख हेरेर प्रणाली स्थापित हुन नसक्ने बताउँदै निर्ममम ढंगले निर्णय लिने बताउनुभयो । मन्त्री पण्डितले आगामी तिहारभित्र लोकसेवा आयोगले रिजल्ट प्रकाशन गरिसक्ने बताउँदै त्यसपछि कुनैपनि तहमा कर्मचारीको अभाव नहुने बताउनुभयो ।

उहाँका अनुसार अहिले झण्डै ३२ हजार कर्मचारीहरुको अभाव रहेको बताउँदै लोक सेवा आयोगले इतिहासमै पहिलोपटक ठुलो संख्यामा कर्मचारीहरु भर्ना गर्न लागेको बताउनुभयो । उहाँले यो वर्षदेखि सेवा प्रवाहमा कुनै समस्या नहुने समेत दावी गर्नुभयो ।

अर्को प्रसंगमा मन्त्री पण्डितले वर्ष भाडाको कार्यालयमा बसेका र भुकम्पले क्षति पुगेका स्थानीय तहकोलाई भवन निर्माण गरिने बताउनुभयो । स्थानीय तहको ५० प्रतिशत र संघीय सरकारको ५० प्रतिशत गरी भवन निर्माण गरिने गरी यसै वर्ष रु ३० करोड बिनीयोजन गरिएको पण्डितले बताउनुभयो ।

उहाँले प्रत्येक स्थानीय तहको केन्द्रसम्म पुग्ने सडकपनि कालोपत्रे हुने बताउनुभयो । मन्त्री पण्डितले मन्त्री मण्डल फेरबदलको कुरा प्रधानमन्त्रीको हातमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘राम्रो काम गर्ने मन्त्री रहन सक्छन् सन्तोषजनक काम गर्न नसक्नेहरु विदा हुन्छन् यो प्रधानमन्त्रीको तजबीजको विषय हो ।’

प्रतिक्रिया दिनुहोस्