गोसाईकुण्डमा आए नौ हजार भक्तजन  नेपाली सेनाको उल्लेखनीय सहयोग



सरस्वती न्यौपाने, रसुवा
हरेक वर्ष लाग्ने गोसाईकुण्ड जनैपूर्णिमा मेला भर्न यसपटक नौ हजार एक सय ९१ जना भक्तजनहरु आएका छन्। नेपाली सेना कालिजंग गण रसुवाका प्रमुख सेनानी सर्वेन्द्र नगरकोटीका अनुसार साउन २० गते नागपञ्चमीदेखि शुरु भएको जनैपूर्णिमा मेला लागेको र २५ गतेबाट उल्लेखनीय भक्तजन चोलाङपाटी, कुटुमासाङ, उर्लेली हुँदै गोसाईकुण्ड स्नान गर्न नौ हजार एक सय ९१ जना महिला तथा पुरुष र विदेशी २४ जना महिला तथा पुरुष विदेशीले दर्शन गरेका छन्।

सो अवधिमा नेपाली सेनाले स्वस्थ्य शिविरसमेत सञ्चालन गरी ३ सय ५७ महिला र एक हजार आठजना पुरुषको उपचारलगायत विभिन्न स्वास्थ्य सम्बन्धि जानकारी प्रदान गरेका छन् साथै लेक लाग्ने हिँड्न नसक्नेलाई सहयोग गर्ने कार्यसमेत मेला अवधिभर भएको छ।

त्रिशूली नदीको उद्गमस्थल त्रिशूल धारा गोसाईकुण्डलगायत १ सय ८ कुण्डहरु अमरसिंह गुफालगायत ऐतिहासिक भौगोलिक, धार्मिक तथा प्राकृतिक महत्व बोकेको गोसाईकुण्ड क्षेत्रको भ्रमण गर्दा वन्यजन्तु चराचुरुङगी, पुतली जडिबुटी, गुम्बा, धार्मिक ठाउँ विभिन्न सांस्कृति भेषभुषा र ज्ञानगुनका कुराहरु जानकारी पाउन सकिने भएकाले यस क्षेत्रको महत्व निकै महिमा रहेको छ।

रसुवा नुवाकोट, सिन्धुपाल्चोक भएर तिनतिरबाट गोसाईकुण्ड पुग्न सकिन्छ मिटर काठमाडौंबाट १ सय १७ किलोमिटर झण्डै नौ घण्टा बसको यात्रा गरी धुन्चे बास बसेर भोलिपल्ट चन्दनबारी हुदै लौरिविना हुँदै गोसाईकुण्ड पुग्न सकिन्छ।

गोसाईकुण्डमा वर्षेनी २ पटक मेला लाग्ने गर्छ। गंगा दशहरा मेला र जनैपूर्णिमा मेलामा टाडाटाडाबाट भत्तजनहरु आउने गर्छन्। गोसाईकुण्डको अनुकम्पाले हिन्दू मात्र भई बौद्ध र बोन (बम्बो झाँक्री) धर्मका अनुयायीहरु विशेष गरी तामाङ जातीले यो कुण्डलाई असाध्य मान्ने गर्छन् यस कुण्डमा स्नान गरेपछि दुःख बिरामी ग्रहदशा टर्ने मनले चिताएको पुग्ने जन विश्वास छ। भने गोसाईकुण्ड विश्व सिमसार सूचीमा सुचिकृत हिमताल हो।

धार्मिक सांस्कृतिक जैविक विविधतासंगसँगै प्राकृतिक रूपमा सुन्दर देखिने डाँडापाखा वनजंगल सिमसार जंगली तथा घरेलु पशुपक्षीहरुको पनि संरक्षण गर्नुपर्ने देखिन्छ। यो कुण्डमा जीवनमा एक पटक पुग्नैपर्ने धार्मिक स्थल हो।
यात्रुहरुको सहजताका लागि नेपाली सेना कालिजंग गण नेपाल प्रहरी, शसश्त्र प्रहरी,नेपाल स्काउट सक्षम सोसाईटी, पाटन अस्पतालले ठाउँठाउँमा स्वास्थ्य शिविरलगायत स्वयम्सेवक र सुरक्षा प्रदान गरेको गोसाईकुण्ड क्षेत्र विकास समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्