सयांैं धर्मशाला व्यक्तिका कब्जामा



डोटी, (नेस)

डोटी जिल्लामा भएका सयौं सरकारी धर्मशालाहरु पछिल्लो समय केही व्यक्तिले आफ्नो व्यक्तिगत प्रयोजनमा प्रयोग गरिरहेको पाइएको छ। यसरी सरकारी धर्मशाला वर्षौंदेखि व्यक्तिले प्रयोग गरिरहेको भए पनि सम्बन्धित निकायले कुनै पहल नचालेको स्थानीयको आरोप छ।

त्यस्तै कतिपय धर्मशालाको उचित संरक्षण नहुँदा भत्किने तथा जीर्ण बन्दै गएको प्रति स्थानीयले दुखेसो पोख्ने गरेका छन्। दिपायल सिलगढी नगरपालिका–३ दिपायलस्थित पुलबजारमा रहेको राणाकालमा निर्माण भएको सरकारी धर्मशाला एक जना व्यक्तिले आफ्नो निजी आवासका रूपमा प्रयोग गरेको पाइएको छ।

तत्कालीन समयमा गाउँबाट जिल्ला सदरमुकाम सिलगढी तथा क्षेत्रीय सदरमुकाम दिपायललगायतका ठाउँहरुमा आवतजावत गर्ने नागरिकहरुलाई बास बस्न सजिलो होस भन्ने उद्देश्यले निर्माण गरिएको उक्त धर्मशाला वर्षौंदेखि घचेट्टा नामले चिनिने भारतीय नागरिकले आफ्नो निजी आवासका रूपमा प्रयोग गरेका छन्।
उक्त धर्मशालालाई निज भारतीय नागरिक घचेट्टाले कोठाभित्रमा आफू बस्ने तथा कोठाबाहिरको चौरमा आफ्ना खच्चरहरु बाँध्ने गरेको दिपायल पिपल्लाका स्थानीय तथा नेकपाका नेता तेजबहादुर डुम्रेलले बताउनुभयो।
उक्त धर्मशाला मात्र नभई जिल्लामा रहेको अधिकांश धर्मशालाहरु केही व्यक्तिले प्रयोग गर्दै आएका छन् भने कोही प्रयोग तथा मर्मत सम्भार नहुँदा दिनहुँ भत्किदै जीर्ण बन्न थालेका छन्।
त्यस्तै जिल्लाको शिखर नगरपालिका–१ नापानी भन्ने ठाउँको पर्यटकीय क्षेत्रमा रहेको तत्कालीन राजा स्व. वीरेन्द्र शाहको पालामा निर्माण भएको सिलेटले लाएको पक्कि धर्मशालामा पनि निजी आवासजस्तै भएको छ। उक्त धर्मशालालाई त्यहाँका स्थानीय तथा लेकमा गोठ निर्माण गरेर बसेका भंैसी गोठालाले वर्षौंदेखि आप्mना भैंसी बाँध्ने काममा प्रयोग गर्दै आएको शिखर नगरपालिका–१ गुठेउडीका स्थानीय करन नेपालीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्