जर्बजस्ति गर्ने दुई पुुरुष प्रहरी नियन्त्रणमा



मोतीराम तिमल्सिना, काभ्रे ।

घरमै भाडामा राखेर एक महिलालाई पटक पटक जर्बजस्ति करणी गरेको अभियोगमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ भने बारीमा मकै गोड्न बोलाएर त्यहिँ जर्बजस्ति गर्ने अर्का पुरुष पनि पक्राउ परेका छन् ।

प्रहरीले पक्राउ परेका दुबै पुरुषलाई जर्बजस्ति करणी अभियोगमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद समेत लिई अनुसन्धान शुरु गरेको छ । पाँचखाल नगरपालिका ४ शिखरपुरका सुनबहादुर लामा र वडा नम्वर १ का इमान सिं तामाङले बेईमान गरेपछि दुई महिला न्यायका लागि जिल्ला प्रहरी कार्यालय काभ्रे धाउन थालेका छन् ।

पाँचखाल नगरपालिका ४ शिखरपुर घर भई वर्ष ३१ का सुनबहादुर लामाले सोहि ठेगानाकी ३३ बर्षिया महिलालाई २०७६ साल जेष्ठ २३ गते विवाहको भोजको निम्तोमा बोलाई भोज खाएर घरमा सुतिरहेको अवस्थामा मध्यरातमा जर्वजस्ति गरेका थिए ।

२०७२ साल देखि उनकै घरमा डेरा गरी बस्ने महिलालाई सुनप्रसादले जर्बजस्ति गरेका हुन् । महिलाले मध्यरातमा आफुलाई जर्बजस्ति गरेपछि भोलिपल्ट किन यस्तो गरेको भन्दै प्रतिवाद गर्दा उल्टै मार्छु भनेकाले लामो समयसम्म उजुरी गर्न नसकेको बताईएको छ ।

सोहि दिन जर्बजस्ति गरेका सुनबहादुरले पछिल्लो पटक २०७६ असार २६ गते राति ९ बजेको समयमा सुतिरहेको स्थानमै जर्बजस्ति गरेको बताईएको छ । प्रहरीकोमा एक महिना पछि साउन २६ गते जर्बजस्ति करणी मुद्दामा उजुरी दर्ता भई सुनबहादुर लामालाई पक्राउ गरी म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएस्पी दिपक गिरीले जानकारी दिनु भयो ।

त्यस्तै पाँचखाल नगरपालिका वडा नम्व्र १ अनेकोट घर भएका ५७ बर्षिय इमान सिं तामाङले बुढेशकालमा बेईमान गरेका छन् । सोहि ठेगाना भएकी महिलालाई इमान सिंले आफ्नै बारीमा मकै गोड्न बोलाई मकै गोडी रहेको समयमा महिलाको मुख थुनी जर्बजस्ति करणी गरेका थिए । इमान सिं तामाङको जर्बजस्तिका कारण महिला चिच्याएर भागेकी थिईन् ।

स्थानीयहरु आए लगत्तै इमान सिं भाग्न खोजेका थिए । साउन २६ गते इमानसिं तामाङ विरुद्ध जर्बजस्ति करणीमा उजुरी दर्ता भएको थियो । प्रहरीले इमानले गरेको बेईमान विरुद्ध कारवाही प्रकृया शुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्