भारतीय कदमबारे राष्ट्रसंघको चासो



काठमाडौं, (नेस) ।
भारतले जम्मु कश्मीरमाथि चालेको पछिल्लो कदमबारे संयुक्त राष्ट्र संघले गम्भिर चासो लिएको छ । मानव अधिकारको स्थिती खस्किन सक्ने भन्दै राष्ट्र संघले चिन्ता व्यक्त गरेको हो ।

सो क्षेत्रमा सञ्चार सेवा बन्द गर्दै त्यहाँका नेतालाई नजरबन्द र भेला हुन लगाइएको प्रतिबन्ध गरेपछिको अवस्थाबारे अध्ययन अघि बढाएको राष्ट्र संघका प्रवक्ताले बताउनु भएको छ । बुधवार सार्वजनिक भिडियो सन्देशमा नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध अन्तर्गत अभिव्यक्ति स्वतन्त्रताको अधिकारमा सूचना खोज्ने पाउने, लिन र दिने स्वतन्त्रता पनि भएको प्रवक्ताले औल्याउनु भएको छ ।

भारतको कदमले जम्मू–कश्मीरको भविष्यबारे सो क्षेत्रका जनताले प्रजातान्त्रिक रूपमा वादविवाद गर्न नपाउने उहाँको आशंका छ ।

प्रतिक्रिया दिनुहोस्