बालकलाई बलात्कार गरेको अभियोगमा भारतीय नागरिक पक्राउ

0
Shares

दाङ । तुलसीपुरमा एक बालकलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जना भारतीय मुलका नागरिकलाई पक्राउ गरेको छ । नेपालगंज उपमहानगरपालिका १४ बस्ने ४१ बर्षका भारतीय मुलका मविन गएराति पक्राउ परेको प्रहरीले जनाएको छ ।

केही दिन अघिको घटना भएपनि आर्थिक लेनदेनमा कुरा नमिलेपछि प्रहरीसम्म उक्त कुरा पुगेको हो । तुलसीपुरका घरमा रङ लगाउने काम गर्दै आएका मविन केहि बर्षअघि पनि तुलसीपुरमै एक बहिरालाई जबरजस्ती करणी गरेको आरोपमा जेल सजाय भोगेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।