खोलाले बगाउँदा फ्रान्सेली महिला बेपत्ता



रसुवा । रसुवामा खोलाले बगाउँदा फ्रान्सकी एक महिला बेपत्ता भएकी छिन् । फ्रान्सकी ७१ वर्षीय हाटिङ्गर अलफ्राइड रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, घटे्टेखोलामा खुट्टा धुने क्रममा बेपत्ता भएकी छन् ।

खुट्टा धुने क्रममा चिप्लिएर बिहीबार बिहान साढे १० बजे अलफ्राइड बेपत्ता भएको प्रहरीले जनाएको छ । मानसरोवर जानका लागि उनी बुधबार पोतला होटलमा बसेकी थिइन् ।

बेपत्ता अलफ्राइडको खाजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्