दुर्घटनामा भारतीय नागरिकको मृत्यु

0
Shares

सीताराम अधिकारी, धादिङ । सडक छेउमा हिडिरहेका भारतीय एक जना पैदलयात्रुको गएराती दुर्घटनामा परेर उपचारको क्रममा मृत्यु भएको छ ।

काठमाणडौबाट चितवन तर्फ जाँदै गरेको लु १ ख ४९६६ नम्बरको ट्रकले पैदल यात्री भारतिय नागरिक पश्चिम चम्पारन ४० वर्षीय सत्य नारायण दासलाई धुनीबेसी नगरपालिका वडा नं. ६ न नौबिसेमा ठक्कर दिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचनाअधिकारी प्रहरी निरिक्षक भोलामान सिंह अधिकारीले जानाकारी दिनुभयो ।

दुर्घटनापछि घाइते भएका दासको धार्के स्थित शिवदर्शन अस्पतालमामा उपचारपछि थप उपचारका लागि नेशनल अस्पताल कलंकी काठमाण्डौमा लाँदा उपचारको क्रममा आज बिहान मृत्यु भएको थियो । दुर्घटना गराउने सवारी साधन र सवारी चालकलाई प्रहरीले पक्राउ गरेको छ ।