सामुदायिक रेडियो तोडफोड गर्ने १ पक्राउ



कालीवहादुर मल्ल, कालिकोट । पालाता गाउँपालिकाद्धारा सञ्चालित सामुदायिक रेडियो पलाँता एफएम ९०.३ मेगाहर्ज तोडफोड गरेको आरोपमा एक जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

साउन १८ गते राती रेडियो पलाँता एफएम तोडफोड गरेको आरोपमा पलाँता गाउँपालिका–९ थिर्पुका जगदिश पुर्वेलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

रेडियो पलाँता एफएमले गाउँपालिका समचार प्राथमिकता साथ बजाउने गरेको र अरुका समचार नबजाउने गरेको भन्दै पुर्वेले मदिरा सेवन गरी रेडियो भित्र प्रवेश गरी मिक्सर, माइक, टेबुल, कुर्सी र स्टेसनरी समाज तोडफोड गरेको स्टेशन म्यानेजर सुमन बमले बताए । ‘मदिरा सेवन गरेर रेडियो तोडफोड भएको छ ।’ उनले भने,‘पुर्वेलाई आइतबार बिहान प्रहरी पक्राउ गरेको छ ।’

गाउँपालिका रेडियो तोडफोड गरेको सूचना प्रहरी समक्ष आएपछि पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा चलान गरिएको प्रहरी चौकी थिर्पुका इन्जार्ज असई कमला मल्लले बताइन् । ‘आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा पठाएका छौं ।’ उनले भनिन् ।
रेडियो पलाँता एफएम तोडफोड गर्नेलाई कारवाहीका साथै क्षतिपुर्तिको माग गर्दै पलाँता गाउँपालिका अध्यक्ष लक्षमण वमले विज्ञप्ति मार्फत निन्दा गरेका छन् ।

यस्तै गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत राजबहादुर बम र रेडियाका स्टेशन म्यानेजर सुमन बमले जिल्ला प्रहरी कार्यालय निवेदन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्