ट्याक्टरबाट लडेर १ को मृत्यु



दाङ । तुलसीपुरमा आफ्नै भाइले चलाएको ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं। १२ रझेना निवासी ४५ वर्षीय रामकृष्ण चौधरीका भाइ सुनिल चौधरीले चलाएको ट्याक्टरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार राती ११ बजेतिर रझेनाबाट जसपुरतर्फ जाँदै गरेको लु २ च ३४३५ नम्बरको ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका रामकृष्णको राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । रामकृष्णको मृत्यु भएपछि भाई सुनिल भने फरार भएका थिए । उनलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

अत्यधिक मदिरा सेवन गरेका रामकृष्णले सन्तुलन गुमाउँदा ट्याक्टरबाट खसेपछि पछाडिको टायरमा परेको थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्