बेवारिसे अवस्थामा ३ किलो यार्सा बरामद



गुलरिया । बर्दियामा बेवारिसे अवस्थामा लुकाईराखेको ३ किलो यार्सागुम्बा प्रहरीले बरामद गरेको छ ।

बर्दियाको बाँसगढी नगरपालि ५ को पूर्वपश्चिम राजमार्गअन्र्तगत पक्की सडकको उत्तरतर्फ झाडीमा रातो प्लाष्टिकमालुकाई राखेको अवस्थामा ३ किलो ५० ग्राम यार्सागुम्बा बरामद गरेको प्रहरीले जनाएको छ ।

बोराभित्र दुईवटा प्लाष्टिकमा टुक्रा टुक्रा पारी राखिएको ९ सय ५० ग्राम र सिंगो २ किलो १०० ग्राम यार्सागुम्वा फेला पारेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनएको छ ।

प्रतिक्रिया दिनुहोस्