दिपायलका सार्वजनिक शौचालयमा किराना पसल



विमल विष्ट, डोटी डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका वडान. ४ पिपल्लामा आम नागरिककालागि निर्माण गरिएको सार्वजनिक सौचालयमा एक महिलाले आफनो निजी किराना पशल सञ्चालन गर्नु भएको छ ।

दिपायलकी स्थानिय खन्टी केसी नामक महिलाले उक्त सार्वजनिक सौचालयमा वर्षौ देखी आफनो निजी किराना पशल सञ्चालन गर्नु भएको छ । सार्वजनिक सौचालयमा किराना पशल खोल्दै सौचालय निजी बनाएपछि अहिले बटुवा तथा स्थानियलाई सौच गर्नलाई निकै सास्ति भएको पिपल्लाका स्थानिय भरत खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “सार्वजनिक सौचालयमा पशल खोलिएको छ,सौचालय व्यक्तिगत बनाउदा अन्य बटुवा तथा यात्रुलाई समस्या भएको छ ।”

वि.सं २०७४ सालमा डोटी उद्योग बाण्ज्यि संघको पहलमा निर्माण भएको उक्त सार्वजनिक सौचालय अहिले निजी बनाई पछि स्थानियहरु आक्रोसित बनेका छन् । करिब रु ६ लाख ३१ हजारको लागतमा उक्त सार्वजनिक सौचालय निर्माण गरिएको स्थानियबासी तथा पूर्व डोटी उद्योग बाणिज्य संघका सदस्य गणेशबहादुर साउदले जानकारी दिनुभयो । उक्त सार्वजनिक सौचालयमा तत्कालिन सुदूरपश्चिम खानेपानी तथा सुपरिबेक्षण कार्यालय दिपायल,राजपुरले रु ३ लाख ६९ हजार सहयोग गरेको थियो भने बाँकी रकम डोटी उद्योग बाण्ज्यि संघले बेहोर्ने गरी निर्माण गरिएको उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष नरेन्द्रबहादुर खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो, “म अध्यक्ष भएको बेलामा सौचालय निर्माण भएको हो,पछि कस्ले कस्लाई जिम्मेवारी दिए मलाई थाहा भएन ।” उक्त सार्वजनिक सौचालयमा सौच गरेको रु ५ तथा दिशा गरेको रु १० लिने नियम राखिएको भएपनि अहिले सौचालय व्यक्तिले आफनो निजी काममा मात्रै प्रयोगमा ल्याउन थालेपछि सौचालय प्रयोग गर्न कोही पनि आउदैनन् ।

सार्वजनिक रुपमा आम नागरिकका लागि निर्माण गरिएको उक्त सौचालयमा खानेपानी कार्यालयले चौबीसै घण्टा पानी निःशुल्क दिदै आएको छ । उक्त सौचालयको एक कोठामा निज खन्टी केसीले आफना बाख्र तथा कुखुरा राख्ने गर्नु भएको छ भने अर्को कोठामा भएको सौचालय आफुले प्रयोग गर्दै आउनु भएको स्थानियको आरोप छ ।

सार्वजनिक ठाउँमा नागरिककालागि निर्माण गरिएका सौचालय व्यक्तिले आफना निजी बनाउन थालेपछि अहिले बटुवा तथा यात्रुहरुले पिपल्ला बजारका सार्वजनिक ठाउँको प्रयोग गर्दै सौच गर्न बाध्य भएको स्थानिय हर्क बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “सार्वजनिक सौचालय व्यक्तिले कव्जा गर्दैछन,खुला ठाउँमा सौच नगरे का गर्नु त नी ?” त्यस्तै दिपायल सिलगढी नगरपालिकाले करिब १२ वर्ष पहिले पिपल्ला बसपार्कमा निर्माण गरेको सार्वजनिक सौचालयपनि प्रयोग बिहिन भएको छ । लाखौको लागतमा निर्माण भएको दुई कोठे उक्त भवनमा सरसफाई तथा पानी नभएका कारण प्रयोग गर्न समस्या हुदै आएको शैलेश्वरी यातायातका कर्मचारी टेक शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “सौचालयमापानी पनि हुँदैन र सफा गर्ने मान्छे पनि छैन,अनि कसरी प्रयोग गरुन त सौचालय ।”

यात्रुहरुलाई लक्षित गरि पिपल्ला बसपार्कमा निर्माण गरिएको उक्त सौचालय सौचालयको हेरचाह गर्ने र सफा गर्ने कर्मचारी नहुँदा बेवारीसे अवस्थाको जस्तै भएको स्थानियबासीहरु बताउछन् । सौचालयको रेखदेख गर्ने कर्मचारी नहुँदा बसपार्कमा आउने यात्रुहरुले जथाभाबी फोहर गरिदिदा सौचालय प्रयोग गर्न नसक्ने अवस्थाको भएको हो ।

नगरपालिकाले वर्षको एक पटकमात्रै सौचालय सफा गर्ने तथा अरु समयमा खासै ध्यान नदिने गरेका कारण उक्त सौचालय प्रयोग बिहिन अवस्थामा पुग्दै गएको स्थानियबासी तथा राष्ट्रिय जनमोर्चाका नेता रमेश अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो, “सौचालय निर्माण गरेर मात्रै हुँदैन, त्यसको रेखदेख तथा सरसफाई गरेपो प्रयोग गर्छन त,जता ततै फोहर भएको सौचालय कस्ले प्रयोग गर्छ ।”

उता दिपायल सिलगढी नगरपालिका वडान. ४ का वडा अध्यक्ष वीरेन्द्र शाहले आफनो वडामा निर्माण भएका सार्वजनिक सौचालयहरुमा कर्मचारी राख्ने तथा सरसफाई गर्नकालागि पहल भैरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सौचालयमा रेखदेख गर्ने कर्मचारी राख्ने तयारीमा छौँ,अब सौचालय चाडैनै सबैको प्रयोगमा आउने बनाउदै छौँ ।”

प्रतिक्रिया दिनुहोस्