विपद्मा रौतहटका जनताले पाए प्राडा गोविन्द केसीको साथ



भगवती तिमल्सिना ।
चिकित्सा शास्त्र अध्ययन संस्थानका प्रा.डा.गोविन्द केसीले पटक पटक सरकारसँग जे कुराको माग गर्यो सरकारले सम्झौता गर्दै कार्यान्वयन नगर्दै गरेको अवस्थामा बाढी बिपत परेका क्षेत्र रौतहटमा आफै पुगेर निःशुल्क स्वास्थ्य सेवा शुरु गर्नुभयो । उहाँ पाँच दिन देखि बाढी प्रभावित रौतहटको बन्जरहामा स्वास्थ्य शिविर संचालन गरि जनसेवामा व्यस्त हुनुहुन्छ ।

उहाँ जतिबेला दैबी प्रकोप आउँछ त्यतिबेला टुप्लुक्क जनताको घाउमा मलम लगाउन पुग्नुहुन्छ । उहाँले अहिले सम्म सरकारसँग माग गर्नुभएको बिषय नै आम जनतालाई सहजै स्वास्थ्य सेवा र गरिबका छोराछोरीले पनि चिकित्सा शिक्षा निःशुल्क पढ्ने वातावरण बनाई देशमै सेवा गर्ने अठोटमा बृद्धि गराउनु हो ।

तर सरकार भने धनिमानीको आश्वासन, आर्थिक प्रलोभनमा परि जनताका बिषयलाई भन्दा राजनैनिक शक्तिका आडमा जनताको भावना माथि खेलबाड गर्दैछ ।

गत साता बिहिवार रौतहट पुग्नुभएका डा. केसीले बकैया नदीले डुबान पारेको सो क्षेत्रमा शिविर सञ्चालन गरिरहनुभएकोछ । डा. केसी औषधि, विभिन्न खाद्यन्न र अन्य दैनिक उपभोगका सामग्री बोकेर रौतहत पुग्नुभई पिडामा परेकालाई वितरण गर्नुभयो । उहाँले शुक्रवार देखि अहिले सम्म स्थानीय स्वास्थ्य संस्थामा संचालन गर्नुभएको स्वास्थ्य शिविरमा रुघाखोकी, झाडापखाला, दीर्घरोगी, छाला सम्बन्धी समस्या, घाउखटिरा जस्ता समस्याको उपचार गनुभएको छ ।

उहाँ पुग्नुभएको स्थान बर्षाद्का कारण अत्यन्तै जोखिममा परेको र त्यहाँका जनताले खाद्य, स्वास्थ्य सेवा पाउने सम्भावना सून्य भएको अवस्थामा पुग्नुभएको छ । डा.केसी भन्नुहुन्छ—‘यो ठाउँमा आउन न पुल छ, टापुजस्तो ठाउँ डुबान पुरै प्रभावित भएको छ,।’ ‘यो गाउँ चारैतिरबाट बाढीको घेरामा परेको छ निकास बन्द भएर ताल जस्तो बनेको छ, म जहाँ पुगे मेरो आवश्यकता त्यहि थियो ।
डुबानमा परेको रौतहटका वासिन्दाको स्थिति दयनिय छ ।

रौतहटको सबैभन्दा प्रभावित क्षेत्रमा गएको थिए । दुई दिन सेवा गरे ३ सय जति बिरामीको परिक्षण गरि औषधि र कपडा वितरण गरेर आईतबार बेलुका काठमाडौ फर्किए । चार दिनको बिदा लिएर गएको थिए एक दिन जान एक दिन आउँन र २ दिन सेवा गर्नमा बिताए । त्यो ठाउँ टापु जस्तो छ गाउँ अहिले पनि डुबानमै छ डा.केसी भन्नुहुन्छ ।

विगत बर्षमा पनि डा.केसीले जाजरकोटमा एचवान एनवान भाइरसका बिरामीको उपचारमा होस्, हावाहुरीले प्रभावित क्षेत्र होस, बाढी पिडतका लागि आवश्यक पर्ने स्वास्थ्य सेवा प्रदान गर्न देशमा मात्र हैन विदेशमा पनि पुगेर सेवा प्रदान गर्दै आउँनुभएको छ । यो नै डा.केसीको महान कार्य हो । मानवीय पीडामा जहिले पनि डा.केसी मलम बनेर दिन दुःखीलाई साथ दिन पुग्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्