काठेपुल खोलाले बगायो, बनाउने युवा विदेशीए, गाउँ सम्पर्कविहिन



सीताराम अधिकारी,धादिङ ।

गाउँमा युवाहरु नभएपछि खोलाले बगाएको काठेपुल बनाउन नसक्दा क्यूङ गाउँसंग एक सातादेखि आवातजावत बन्द भएको छ ।

विकट उत्तरी धादिङको खनियाबास गाउँपालिका वडा न.ं २ क्यूङ गाउँमाबाट अन्य गाउँतर्फ जाने मुङगङ खोलाको एक मात्र काठेपुल बाढीले बगाएपछि समस्या आएको हो ।

६३ घरधुरी रहेको विकट गाउँमा पुग्न सदरमुकामबाट दुई दिनको पैदल दुरीमा छ । वर्षयाम लागेपछि गाउँपुग्न पैदल हिड्नु पर्ने हुन्छ ।

गाउँमा काठेपुग बगाएपछि वडा कार्यालयले काठेपुल बनाउन गाउँबासीलाई आग्रह गरिएपछि गाउँमा युवा नभएपछि बनाउन नसकिएको वडाअध्यक्ष टेक बहादुर तामाङले बताउनुभयो ।

क्यूङ गाउँ स्थित थलीमा रहेको १० घरमध्ये ७ जना मात्र गाउँमा छन् । गाउँमा कोहिपनि नभएकोले अहिले सून्य अवस्थामा छ । कन्द्राङ १३ घर, गोरगङ गाउँमा ५ घर रहेको छ । गाउँभरीमा युवा तथा तन्नेरीहरु कोही नभएपछि गाउँमा गरिने विकासका कामहरु समेत प्रभावित भएको छ ।

बुढापाका र बालबालिकामात्र गाउँमा रहेकोले साधारण रुपमाले गर्न सकिने काठे पुल बनाउन आवस्यक जनशक्ति छैन । कोही मानिस विरामी भयो भने बोकेर स्वास्थयचौकीसम्म लाने मानिस समेत नभएको गाउँबासीको भनाइ छ ।

गाउँमा यातायात, संचार नभएपछि गाउँबासी पलायन हुँदै गएको र वर्षमा ६ महिना भारततर्फ काम गर्न गएकाले गाउँ युवा विहिन भएको हो ।

प्रतिक्रिया दिनुहोस्