बसिरको बहिर्गमनपछि १२ सुडानी सैनिकको मृत्यु, १०० भन्दा बढी घाइते


सुडान ।
लामो समय सुडानको सत्ता सम्हालेका सुडानका पूर्व राष्ट्रपति ओमार अल–बसिरको बहिर्गमनपछि विभिन्न स्थानमा भएका झडपका क्रममा १२ सुडानी सैनिकको मृत्यु भएको र १०० भन्दा बढी घाइते भएका यहाँको सङ्क्रमणकालीन सैन्य परिषद्ले मङ्गलबार जानकारी गराएको छ ।
सुडानको सङ्क्रमणकालीन अवस्थामा देशमा कुनै पनि अस्तव्यस्तता हुन नदिनका लागि प्रमुख प्रतिपक्षी शक्तिहरूसँग परिषद्ले पुनः प्रतिवद्धता जनाएको छ ।

राजधानी खार्तूमस्थित सैनिक मुख्यालय अघि भइरहेको धर्नाका सहभागीलाई सेनाले हस्तक्षेप नगर्ने पनि परिषद्ले बताएको छ ।

सेनाले केही समय पहिले राष्ट्रपति बसिरलाई हटाई निर्वाचनमार्फत् आउने नेतृत्वलाई सत्ता हस्तान्तरण नहुँदासम्म देशमा शान्ति तथा अमन चयनको व्यवस्थाका लागि राजनीतिक जिम्मेवारी आफूले सम्हाल्ने बताएको छ ।
रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।