हवाई इन्धनको मूल्यो घट्यो



काठमाडाैं । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय उडानतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ७५ अमेरिकी डलरले घटाएको छ । निगम सञ्चालक समितिको गत सोमबार बसेको बैठकबाट हवाई इन्धनको मूल्य घटाउने निर्णय भएको तर उक्त घटाइएको दर मंगलबार राति १२ बजेपछि लागू हुने जनाइएको छ ।

मूल्य घटाएपछि हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर एक हजार ५० अमेरिकी डलर कायम भएको छ । यसअघि प्रतिकिलोलिटर एक हजार १२५ अमेरिकी डलर रहेको थियो । निगमले आव २०७५÷७६ को कार्यक्रमअनुसार हरेक प्रदेशमा आफ्नै एक–एक वटा एलपी ग्यास बोटलिङ प्लान्ट र आधुनिक पेट्रोल पम्प निर्माण गरी सञ्चालन गर्ने निर्णय भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्