नैतिक शिक्षा दिन छुटेको वर्ष



पुष्पराज भट्टराई
आज नैतिक शिक्षाका रुपमा अभिभावकले बच्चालाई डर, त्रास देखाउने प्रचलन सामान्य छ। कहिले हामी भूतको, कहिले पुलिसको त कहिले जोगीको डर देखाइरहेका हुन्छौं। व्यावहारिक दृष्टिकोणमा सामान्य देखिने यस्ता घट्नाले बच्चाको मन मस्तिष्कमा नकारात्मक प्रभाव पारिरहेको हुन्छ।ज हामी उल्टो दिशामा यात्रा गरेर सही गन्तव्यमा पुग्ने हतारमा छौं। समयले कोल्टो फेरेको छ।

कुनैबेला समय यस्तो पनि थियो। अभिभावकको इसारामा सन्तानहरूका योजना बन्थे। अभिभावकको स्वीकृतिबिना कुनै काम हुनै सक्दैनथे। तर आज अभिभावकको लगाम बालबालिकाको हातमा पुगेको छ। उनीहरूको इसाराबिना अभिभावक सोच्नसम्म पनि सक्दैनन्।२०७५ साल कति सफल कि असफल भनेर नैतिक शिक्षाको पाटोबाट हेर्दा विगतका वर्षझैं यो वर्ष पनि नैतिक शिक्षा दिन छुटेको वर्षजस्तो लाग्छ।वर्तमान शिक्षाबाट हामीले के पाएका छौंरु त्यो महŒवपूर्ण कुरा हो। संसारको कुनै पनि मुलुकको सामाजिक संरचना र व्यवहारतर्पm विचार गर्ने हो भने केही नैतिक शिक्षाका कुरा यस वर्ष पनि टड्कारो रूपमा देखिए।उदाहरणका रुपमा हेर्दा परिवार टुक्रिनु, टिभी।,

इन्टरनेटजस्ता माध्यमबाट संस्कृतिको अतिक्रमण हुनु, पौराणिक मान्यता र मूल्यको ह्रास हुनु, भौतिकवादले प्रश्रय पाउनु, भ्रष्टाचारले बढावा पाउनु, मूल्य ९असल कुरा०को कमीजस्ता नैतिक शिक्षामा चुनौतीहरू थुप्रिए। नेपालको परिवेशमा पनि परिवार टुक्रिनु, पश्चिमी संस्कृतिको अतिक्रमण, सामाजिक सञ्जालको दुरुपयोग, मदिरा र लागूपदार्थ, नेपाली परम्परा, संस्कृति र मूल्यमा ह्रास, भौतिकवाद, प्रदूषण, भ्रष्टाचार, समाजलाई टुक्र्याउने शक्तिहरूको बिगबिगीजस्ता चुनौतीको सामना आदि विषयलाई लिएर अखबारहरुले वर्षभरि अक्षरको खेती गरे।विश्वले शिक्षा क्षेत्रमा धेरै ठूलो फड्को मारेको छ। विश्वभरि धेरैभन्दा धेरै बालबालिकालाई शिक्षा दिइएको छ।

उच्च साक्षरता दर बढेको छ। धेरै विद्यार्थीहरू विश्वविद्यालयतहसम्म पुग्दा छन्। राम्रो शैक्षिक सुविधा पनि छ। ज्ञानको प्रस्फुटन भएको छ। पदार्थ र अन्तरिक्षमाथि मानिसको विजय भएको छ। यसरी शिक्षा क्षेत्रमा प्रशस्त उन्नति भए तापनि मानसिक सुख र शान्ति पाउन नसकेको अवस्था छ। शिक्षा प्रक्रियामै सम्मिलित रहने जो कोही पनि यस वर्ष पनि असन्तुष्ट देखिए – विद्यार्थी, शिक्षक, अभिभावक, सरकार र समाज ।आज हामी विरोधाभाषको संसारमा रहेका छौं। धेरैजसो समाजमा मद्यपान, लागूपदार्थ सेवन, मानसिक रोग, अपराध र नाबालकको बढ्दो आपराधिक संलग्नता विकराल बन्दै गएको छ। वर्तमान शिक्षाले भाषा र अवधारणा सिकायो तर आपूmसँग र अरूसँग कसरी सन्तुलित जीवनयापन गर्ने भन्ने नैतिक शिक्षा सिकाएन। आजको शिक्षा दिमागलाई किताबी कुराले भर्ने, भरिएको कुरा परीक्षा भवनमा खन्याउने र घर फर्कंदा रित्तो दिमाग फर्कने प्रक्रियाको भयो। वर्तमानमा शिक्षाले बुद्धि र सीपको विकास ग¥यो तर असल गुणहरूको विकासमा कम योगदान दिएन। यदि व्यक्तिसँग असल चरित्र नै छैन भने उसले प्राप्त गरेको सांसारिक ज्ञानको के अर्थ रहन्छ रु इच्छाहरू बढ्दै गए भने ज्ञान बढाएर केही काम छैन। यसले त गफ गर्न हिरो ९नायक० र काम गर्न जिरो ९खलनायक० मात्र बनायो।हामीले बालबालिकालाई कस्तो भएको हेर्न चाहन्छौं। हामी पक्कै पनि बालक पे्रम, इमानदारिता, सत्यनिष्ठ, सहनशीलता, करुणा र त्यागजस्ता गुणका साथ ज्ञानी र बुद्धिमानी होस् भन्ने चाहन्छँैं। सत्य, सद्व्यवहार, शान्ति, पे्रम र अहिंसाजस्ता मानवीय मूल्यहरू राम्ररी बुझेर व्यवहारमा ल्याउन र अरूलाई पनि त्यो कुरा बुझाउन र व्यवहारमा ल्याउन पे्ररित गरी जीवनमा सुख र शान्ति पाउन भन्ने चाहन्छौं।

यी र माथिका सबै गुणहरू एकै शब्द उत्कृष्टताभित्र पर्दछन्। उत्कृष्टता प्राप्त गर्नका लागि बालक सिकाइ–पद्धतिमार्पmत जानुपर्दछ। शिक्षाको मूलभूत उद्देश्य हुनुपथ्र्यो। त्यो भएन कि त।शिक्षाका केही लक्ष्यमध्ये राम्रो श्रेणीमा उत्तीर्ण हुनु, नाम चलेको विश्वविद्यालयमा भर्ना पाउनु, धेरै पैसा कमाउने नोकरी पाउनु, अरूसँग सुमधुर सम्बन्ध हुनु र आत्मविश्वास बढ्नु हुन्। तर हाम्रो जीवनमा शिक्षा चार कुराहरूमा आधारित रहे, जान्नका लागि शिक्षा, गर्नका लागि शिक्षा, जिउनका लागि शिक्षा, बन्नका लागि शिक्षा। हामीलाई एउटा यस्तो शैक्षिक प्रणाली चाहिएको छ जुन पे्रम, विश्वास र आपसी सहयोगमा आधारित होस्। जहाँ शिक्षकलाई उदाहरणीय बन्न जोड दिइयोस्। जसले अभिभावकको प्रतिबद्धता र सहभागितालाई जोड देओस् र जसले बालकलाई सूचना थुपार्नेमात्र नभएर रूपान्तरणमा बढी जोड देओस्। मानवीय मूल्यमा आधारित शिक्षाले यिनै कुरालाई लक्ष्यको रूपमा लिएको छ। हरेक अभिभावक आफ्ना सन्तानसँग के चाहन्छन्रु स्पष्ट छ, सम्पूर्ण स्वास्थ्य, खुसी, आनन्द, कर्तव्यको बोध, शैक्षिक र सामाजिक रूपमा प्रतिस्पर्धा गर्न सकोस्, समस्यालाई सहजता तथा कुशलतापूर्वक समाधान गर्न सकोस्, प्रेमी होस्, भलाद्मी, जीवनको उद्देश्यप्रति सजग, परिवार तथा संस्कृतिप्रति आदरभाव, राष्ट्रियता भाव, तथा सबैप्रति स्नेही होस्।विगतमा अशक्त, असहाय, गरीब, निमुखा, बेसहारा, अशिक्षित व्यक्तिमाथि करुणा राख्न युवालाई उत्साहित र प्रशिक्षित गरिएको हुन्थ्यो। तर नैतिक शिक्षाको नाममा आजको शिक्षामा बौद्धिक उपलब्धिलाई मात्र जोड दिइएको छ। बालकको नैतिक र आध्यात्मिक विकासमा अत्यन्त न्यून वा कुनै जोड दिइएकै पाइँदैन।

यदि हामीले अध्यापन गर्ने सबै विषयमा मानवीय मूल्य समाहित गर्न सकियो भने त्यसको परिणाम शैक्षिक सफलतामा मात्र सीमित नभई बालबालिकाको चौतर्फी विकासको उत्कृष्ट सम्मिश्रण हुनेछ। शिक्षाले मानिसमा ज्ञान, समय र संयमतासहित हृदयमा करुणा र सेवाभाव जगाउन सक्नुपर्दछ। त्यसैले शिक्षा जानकारीका लागि होइन रूपान्तरणका लागि हो।नैतिक शिक्षा कुनै बेग्लै विषय होइन तर यसले जीवनको उद्देश्य ‘मानवीय उत्कृष्टताको प्रस्फुटन’ गराउँछ। यसमा बालकले प्रयोग गर्ने र विद्यालयमा पढ्ने सबै विषयमा मानवीय मूल्य समाविष्ट गरिन्छ। सूचनाको सङ्कलन गरेर मात्र शिक्षा पूरा हुँदैन, यसले त हरेकको बानी र चरित्रमा रूपान्तरण ल्याउनुपर्दछ भन्ने सबैमा हेक्का हुनुपर्छ ।वर्तमान शिक्षा प्रणालीले मस्तिष्क र हातमा प्रशस्त जोड दिएको छ तर प्रवृत्ति विकासमा लागि हृदयमा दिनुपर्ने खुराक पुगेको छैन। हृदयलाई पवित्र बनाउन तथा हामीमा असल गुणहरूको विकास गर्न मानवीय शिक्षाको आवश्यता पर्दछ। दैनिक व्रिmयाकलापबाट नै ज्ञानको परीक्षण हुन्छ। मनलाई कसरी स्थिर राख्ने, आवेगलाई कसरी नियन्त्रण गर्ने र कसरी अन्तस्करणको जागरण गर्न सकिन्छ भन्ने कुरा बालबालिकालाई सिकाइनुपर्दछ। आज मानवीय मूल्यमा आधारित शिक्षा विश्वका विभिन्न मुलुकमा लागू गरिएका छन् र त्यस विषयमा बरोबर अध्ययन अनुसन्धान भइरहेको छ। प्राप्त अनुसन्धान प्रतिवेदनहरूले मानवीय मूल्यमा आधारित शिक्षाका माध्यमबाट विद्यार्थीले शैक्षिक उत्कृष्टताका साथै चारित्रिक उत्कृष्टता पनि हासिल गरेको पाइएको छ। नैतिक शिक्षाको काम एकताको भाव र व्यक्तित्वको विकास गरी मानिसमा क्षमताको विकास गरी उसलाई उत्कृष्ट मानव बनाउनु हो। यसका लागि शिक्षक र शिक्षार्थी दुवैले चेतनाको गहिराइसम्म पुगेर जीवनलाई बाह्यदृष्टिबाट अन्तरदृष्टितिर रूपान्तरित गर्नुपर्छ। मानवीय शिक्षा विद्यार्थी, शिक्षक र अभिभावक सबैका लागि हो। यसले प्रयोगमा बढी जोड दिन्छ। यसमा मूल्यहरू सिकाइँदैन। व्यवहारमा उतारिन्छ। आजकालको शिक्षामा यो धारणा छुटेको देखिन्छ।अब नैतिक शिक्षाका नाममा बालबालिकालाई पैसा, शक्ति, पदजस्ता क्षणिक सुखभन्दा पनि माथि जीवन छ भन्ने बुझाउनु आवश्यक छ । अनि मात्र तिनीहरूले आन्तरिक शान्ति चिरस्थायी छ भन्ने बुझ्न सक्दछन्। पूर्ण मानव बन्ने क्षमताको विकास गर्छन्। बालबालिकाले बौद्धिक, कलात्मक र नैतिक विकासमा अभिभूत गर्दछन्।

विद्यार्थीहरूले विचार, वाणी र कर्मको उचित समायोजन गर्दछन्। जसले गर्दा उनीहरू जिम्मेबार नागरिक र स्वतन्त्र विचारक बन्दछन्। अनुशासन, कर्तव्य र जिम्मेवारीजस्ता राम्रा पक्षहरूको बारेमा सचेत हुन्छन्। बालबालिकाले जीवनको वास्तविक मूल्य थाहा पाउँछन्। अनुशासित बानीको विकास गर्दछन् र असल व्यक्तित्वको निर्माण गर्दछन्। शिक्षा बाँच्नका लागि मात्र नभई जीवनकै लागि हो भन्ने महशुस गर्दछन्। यसले बालबालिकालाई पूर्ण र जिम्मेवार व्यक्ति बनाउन मद्दत गर्दछ। यसले बालकको शारीरिक, भावनात्मक, सामाजिक, नैतिक र आध्यात्मिक गुणहरूको पोषण गरी पूर्ण विकास गर्दछ।हाम्र्रो शिक्षा प्रणालीले ठूलो मानिस बन्न जोड दिएको छ तर जीवनको उद्देश्य असल मानिस हुनु हो भन्ने कुरा विद्यार्थीको मन मस्तिष्कमा राख्न सकेको छैन। प्रत्येक मानिस सदैव बाह्य कुराद्वारा प्रभावित भइरहेको हुन्छ– घर परिवारको वातावरण, विद्यालय, प्रकृति, साथीसंगत इत्यादि। यी सबै कुराहरूले हामीलाई हाम्रा इन्द्रियमार्फत हरपल असर पारिरहेका हुन्छन्। हामी जे देख्छौं, जे सुन्छौं त्यसको प्रत्यक्ष प्रभाव हाम्रो मस्तिष्कमा परिरहेको हुन्छ।

यी असर यति सूक्ष्म हुन्छन् कि हामीलाई यसको भान त्यति बेला हुन्छ जब यिनका प्रतिक्रिया हामी देख्छौं।नैतिक शिक्षाका रुपमा अभिभावकले बच्चालाई डर, त्रास देखाउने प्रचलन सामान्य छ। कहिले हामी भूतको, कहिले पुलिसको त कहिले जोगीको डर देखाइरहेका हुन्छौं। व्यावहारिक दृष्टिकोणमा सामान्य देखिने यस्ता घट्नाले बच्चाको मन मस्तिष्कमा नकारात्मक प्रभाव पारिरहेको हुन्छ। यस्तै धेरैजसो अवस्थामा हामी बच्चालाई तर्साउन बुबाको वा आमाको डर देखाउँछौं। यसबाट बच्चाको मनमा आफ्नो बुबाआमाप्रति नकारात्मक भाव आउँछ। जुन पछि गएर प्रस्फुटन हुन्छ। केटाकेटी छँदादेखिको क्रियाकलाप तथा नकारात्मक संगतले हाम्रो सोच सीमित पारेको हुन्छ। त्यसैले घरबाट निस्कने बेला रित्तो गाग्रो देखेमा वा कालो बिरालोले बाटो काटेमा केही न केही अपसगुन हुन्छ भन्ने ठान्दछौं। यस्तो सीमित तथा नकारात्मक सोच हाम्रो दिमागमा यति भरिएर बसेको हुन्छ कि पत्रिका पढ्दा शुरुमा नकारात्मक समाचारतर्फ हाम्रो दृष्टि जान्छ। घरमा फोन आयो भने र आफूलाई कुरा गर्न मन लागेको छैन भने हामी बच्चालाई ‘म छैन’ भन्नु भनेर झूठो बोल्न सिकाउँछौं। उपर्युक्त विभिन्न धारणाहरूले हाम्रो दिमागमा सकारात्मकभन्दा नकारात्मक विचार ज्यादा रहेको हुन्छ। फलस्वरूप हाम्रो सोच, विश्लेषण, क्रियाकलाप पनि बढी नकारात्मक हुन जान्छ। हामी बच्चालाई यदि असल मानिस बनाउन चाहन्छौं भने उसको दिमागमा सकारात्मक विचारको बढी मात्रामा विकास गराउनु जरुरी हुन्छ।विगतझैं यो वर्ष पनि हाम्रा बालबालिकाको सानो उमेरदेखि खेल्ने खेलौना नै विकृत हुँदै गएको हामी सहजै देख्न पायौंै। साथी, स·त, टिभी र स्कुले परिवेशका कारण उनीहरू हात हतियारजस्तै स–साना बन्दुक, गुलेली, तथा पब्जीजस्ता आव्रmामक शैलीका खेलौनामा रमाइरहेका भेटिए। केही क्षणको आनन्दका लागि या भनौं टिभीमा देखिएको काल्पनिक घटनालाई व्यवहारमा प्रयोग हेरौं न भन्ने अपरिपक्व सोचका कारणले हत्या, आतंक र बलत्कारका घटनाहरू समाजमा अत्यन्त सहजतापूर्वक घटित नहोलान् भन्न सकिन्न।मिडियाले सकारात्मकभन्दा नकारात्मक प्रभाव बालमस्तिष्कमा तुलानात्मक रूपमा बढी छाड्ने कुरामा कसैको दुईमत छैन। अभिभावक स्वयम् उनीहरूसँग बसेर राम्रा कार्यव्रmम देखाउने हो भने उनीहरू रचानात्मक पनि हुन सक्थे होलान्। तर यसो गरिरहन अभिभावकलाई फुर्सत नहँुदा आफ्नै मनले बालबालिकालाई टिभी हेर्न दिँदा उनीहरू बढी स्वतन्त्र हुने गर्दछन्। यसले उनीहरूलाई जुन कुराले भावानात्मक रूपमा प्रभाव पार्दछ।नजानिँदो रूपमा तत्काल प्रभावित हुने गर्दछन्।

उनीहरु एक्लै बाँच्ने प्रयास गर्दछन्। भौतिक सुखसुविधाका कारण आफ्ना सन्तानहरूसँग मनग्य समय बिताउन नसक्दाका कारण सहजै रूपमा भौतिक सुविधा उपलब्ध गराइदिएर आफ्नो जिम्मेवारीबाट उम्कने स्वभाव बढ्दा निःसन्देह भौतिक सुविधा बढ्न थालेपछि नैतिकता स्वतः घट्दै जाने कुरामा कुनै सन्देह छैन। आज हामी हाम्रा सन्तानलाई असल होइन ठूलो र धनी भएको देख्न हतारिँदा नैतिक शिक्षा दिन छुट्ला कि विचार गरौं।खास कुरा के हो भने केटाकेटीको ६ वर्षसम्मको उमेरसम्म उसमा संस्कारको विकास हुन्छ। ठूलो भएपछि ऊ कस्तो मानिस हुन्छ सोको झलक यही उमेरसम्ममा देखिन सक्छ। प्रत्येक दिन उसले नयाँनयाँ कुराहरू देख्दछ र सो वस्तुप्रति उसमा स्वभाविक जिज्ञाशा पैदा हुन्छ। भान्सामा जान्छ प्लेट वा भाँडा देख्छ, जिज्ञासावस सो भुइँमा झार्छ। भाँडा फुट्नासाथ हामी क्रोधवस उसलाई थप्पड हान्छौं। ऊ फेरि अर्कोतिर जान्छ, त्यहाँ पनि जिज्ञासावस केही न केही कुरा गर्छ, जसलाई हामी उपद्रव भन्छौं र फेरि उसले थप्पड खान्छ। हाम्रा यस्तो व्रिmयाकलापले उसको स्वभाविक जिज्ञासा निरुत्तर नै रहन्छ र उसको मानसिक विकास अपूर्ण रहन्छ। फलस्वरूप उसमा सीमित सोच हुन जान्छ। ठूलो भएपछि यस्ता बच्चाहरू रिसाहा, बाबु आमासँग मुख लाग्ने स्वभावका भएको देखिएका छन्।अहिलेसम्म केही बिग्रेको छैन। हामी आ–आफ्नै स्थानमा रहेर अभिभावकले गर्नुपर्ने जिम्मेवारीलाई इमान्दारितापूर्वक निर्वाह गरौं। आफ्नो जिम्मेवारीलाई महशुस गरौं। जसले बच्चालाई नैतिक बल पुग्नेछ। समयअनुरूप हामीले घर र परिवारमा सन्तानलाई शिक्षा र उचित संस्कार दिन र परिवर्तन गर्न सकेनौं भने पछुतो मात्रै हुनेछ। घर परिवार भनेको बच्चाको व्यवहार बनाउने वा बिगार्ने मुख्य आधारभूत सामाजिक संस्था हो। हामी हाम्रा नानीहरूलाई कस्तो रूपमा देख्न चाहन्छौँरु आफैंसँग प्रश्न गरौं। आजका अभिभावक बच्चाको नमूना हुन्। हामी जस्ता छौं ।हाम्रो रचना पनि उस्तै हुने भएकाले प्रथमतः हामी उनीहरूका लागि आदर्श बन्न सिकौं।खखखखखखखख

प्रतिक्रिया दिनुहोस्