काठमाडौँ ।
बहुप्रतिक्षित नागढुङ्गा–नौबिसे सुरुङमार्ग साउन महिनादेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ। आयोजनाका अनुसार सुरुङभित्रका अधिकांश काम सम्पन्न भइसकेका छन् भने आकस्मिक उद्धार तथा सवारी व्यवस्थापनसम्बन्धी परीक्षण भइरहेको छ।
२,६८८ मिटर लामो यो सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुङ्गा–नौबिसे सडकखण्डमा हुने ट्राफिक जाम घट्ने अपेक्षा गरिएको छ। बाहिरी भागमा पहिरो रोकथामको काम भने अझै बाँकी छ।
सुरुङमार्ग प्रयोगका लागि नगद, क्यूआर कोड र स्टिकरमार्फत शुल्क तिर्न सकिने व्यवस्था मिलाइएको छ। दैनिक करिब आठ हजार सवारीमध्ये करिब ६० प्रतिशतले सुरुङमार्ग प्रयोग गर्ने अनुमान गरिएको छ।











प्रतिक्रिया