काठमाडौं ।
फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जेु’ को खेलमा लियोनेल मेस्सी ले अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै अर्जेन्टिनालाई ३–० को बलियो अग्रता दिलाएका छन्।
मेसीले १७औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए भने ६०औँ मिनेटमा दोस्रो गोल थपे। त्यसपछि ७६औँ मिनेटमा पुनः गोल गर्दै उनले ह्याट्रिक पूरा गरे।
छैटौँ विश्वकप खेलिरहेका मेसीका लागि यो प्रदर्शन विशेष बनेको छ। सुरुआतमै अफसाइडका कारण एक गोल खारेज भए पनि त्यसपछि उनले लगातार तीन गोल गर्दै अल्जेरियाको रक्षापंक्तिलाई दबाबमा राखे।
यो ह्याट्रिकसँगै मेस्सीले विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमानसमेत बराबरी गरेका छन् । विश्वकपमा १६ गोल गर्दै मेस्सीले जर्मनीका मिरोस्लाभ क्लोसको नाममा रहेको कीर्तिमानी बराबरी गरेका हुन् ।
सन् २००६ मा विश्वकपमा डेब्यु गरेका मेसीले अल्जेरिया विरुद्ध खेलेपछि छैटौं विश्वकप खेल्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका थिए । उनले सन् २०१० को विश्वकप बाहेक पाँच विश्वकपमा गोल गरेका छन् ।
चार वर्षअघि कतारमा मेसीले आप्नै कप्तानीमा अर्जेन्टिनालाई विश्वकप उपाधि जिताएका थिए । यस्तै विश्वकपमा मेसीले कीर्तिमानी २७औं खेल खेलेका छन् ।











प्रतिक्रिया