नवप्रतिभाहरूको व्यक्तित्व, प्रतिभा र सिर्जनात्मक क्षमताको पहिचान गराउने उद्देश्यले एएनपी मिडिया हाउसको आयोजनामा राजधानीमा मिस्टर एण्ड मिस एसईई आइकन २०२६ (सिजन १३) सम्पन्न भएको छ।
प्रतियोगितामा किशोरतर्फ रोनिश मानन्धर र किशोरीतर्फ तोशारा धनाहा मगर विजेता भएका छन्। किशोरतर्फ ओजल ढाख्वा फस्ट र सुप्रित लामिछाने सेकेन्ड रनर्सअप घोषित भए। त्यस्तै किशोरीतर्फ क्रिजल लिम्बू फस्ट, आभा राजोपाध्याय सेकेन्ड, रिदिमा तिमल्सिना थर्ड, स्मारिका तामाङ फोर्थ र सुहासी खड्गी फिप्mथ रनर्सअप भए।प्रतियोगिताका सहभागीहरू विभिन्न विधाअन्तर्गत पनि पुरस्कृत भएका छन्।
किशोरतर्फ स्वरूप बिष्ट मोस्ट पपुलर विनर, रोनिश मानन्धर पब्लिक च्वाइस विनर र मोस्ट इन्टेलिजेन्ट, सुसन मोक्तान तामाङ मिस्टर र्याम्पवाक तथा स्वरूप बिष्ट मोस्ट फोटोजेनिक र मिस्टर ह्यान्डसम घोषित भए।
किशोरीतर्फ स्मारिका तामाङ मोस्ट पपुलर विनर, थेरेशा शाही पब्लिक च्वाइस विनर, सरगम साउद मोस्ट एक्टिभ, यशस्वी शाक्य ब्यूटी विथ ब्रेन, आभा राजोपाध्याय मिस ट्यालेन्ट, सुहासी खड्गी मोस्ट फोटोजेनिक तथा कृति शाक्य बेस्ट स्टोरी टेलिङ र बेस्ट कन्टेन्ट क्रिएटर घोषित भए। विजेता तोशारा धनाहा मगरले फेसन आइकनको उपाधिसमेत जितिन्।विजेताहरूले नगद २ लाख रुपियाँ प्राप्त गरेका छन्।
प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ठ शिक्षाविद् डा. लाक्पा शेर्पा, वरिष्ठ ड्रेस डिजाइनर सोनाम सुब्बा लिम्बू तथा इभेन्ट म्यानेजर कामना पौडेल रहेका थिए। कार्यक्रमको कोरियोग्राफी सुमी बानियाँले गरेकी थिइन् भने सञ्चालन प्रणिमा दाहालले गरेकी थिइन्।
आयोजक संस्थाका प्रबन्ध निर्देशक लवबहादुर कार्कीले विद्यार्थीमा अन्तर्निहित प्रतिभा उजागर गर्दै व्यक्तित्व विकास र सौन्दर्य क्षेत्रतर्फ प्रोत्साहित गर्ने उद्देश्यले प्रतियोगिता हरेक वर्ष आयोजना हुँदै आएको छ।











प्रतिक्रिया