राजर्षि जनक कप हुँदै



 

 

सर्लाही, (नेस)
सर्लाहीको बागमतीमा यही चैत २५ गतेदेखि राजर्षि जनक कप फुटबल प्रतियोगिता सुरु हुने भएको छ ।

बागमती नगरपालिकाले आयोजना गर्ने प्रतियोगितामा दुई बिभागियसहित १२ टोलीले सहभागिता जनाउनेछन् । कर्मैयामा रहेको सन्तोष स्मृति फुटबल मैदानमा बैसाख ६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १० लाखसहित ५९ किलोको चाँदीको ट्रफी पाउनेछ । त्यस्तै उपविजेताले ५ लाख नगद पुरस्कार प्राप्त गर्नेछ ।

प्रतियोगिता उत्कृष्ट खेलाडीलाई नगद २० हजार प्रदान गरिनु साथै जिल्लाका उदयमान उत्कृष्ट खेलाडीलाई दुई लाख ५० हजार बराबरको मोटरसाइकल प्रदान गरिनेछ । सोमबार उदघाटन खेलमा बागमती युबा क्लब सर्लाही र सरस्वती युवा क्लब काठमाडौ बिच प्रतिस्पर्धा हुने छ।

अन्य टोलीमा थ्रीस्टार, सुदुरपश्चिम ११, हिमालय शेर्पा, एपिएफ, बिरगंज युनाइटेड, फ्रेन्डस् क्लब काठमाडौं , बागमती नगरपालिका सर्लाही, पारो फुटबल क्लब भुटान ,नेपाल पुलिस क्लब र झापा ११ को सहभागिता रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्