अन्जु पन्तले सार्वजनिक रुपमै क्रिश्चियन धर्मको प्रचार गरेको भिडियो

0
Shares

काठमाडौं । नेपाली सुगम संगित, गजल तथा पाश्र्व गायनमा सबैको मन जितेकी गायिका अन्जु पन्त बेला बेला बिवादमा पनि पर्ने गरेकी छिन्। बिवादमा पर्नुको कारण भने उनले अपनाएको धार्मिक आस्था नै हो। आफनो बैवाहिक जीवन टुङगिएपछि क्रिश्चियन धर्म अंगालेकी उनी यही कारण बेला बेलामा बिवादमा पनि आउने गरेकीछिन् ।

नेपाल धर्मनिरपेक्ष राष्ट्र हो हरेकले आफनो स्वइच्क्षाले धर्म परिवर्तन गर्न पाउँछन् तर अन्जुको अभिव्यक्तिको कारण उनी आलोचनामा आउने गरेकीछिन् । केही बर्ष अगाडी उनले दशैको गीत क्रिश्चिन भएकोले नै गाउन मानेकी थिईनन् जुन गीत दुर्गा भगवानको बारेमा थियो । जसको कारण उनको खुबै आलोचना भयो ।

आलोचना पछि उनले रुदैँ आफुले त्यस्तो नगरेको र गल्ती भए क्षमा भन्दै माफी मागेकी थिईन् । त्यतीमात्र होईन केही समय अगाडी पनि समाजिक सञ्जालमा एक म्यागजिनको कटिङ खुबै भाईरल भएको थियो जहाँ अन्जुले आफनो स्वरमा आँखा नलागोस भनेर क्रिश्चिन धर्म अंगालेको बताएको भनी लेखिएको थियो ।

पछिल्लो समयमा फेरी अन्जु पन्तलाई विवादमा ल्याइएको छ । उनको एउटा तस्बिर सामाजिक सञ्जालमा निकै भाईरल बनिरहेको छ । उक्त तस्बिरलाई मानिसहरुले हावाहुरी प्रभावित क्षेत्र बारा र पर्सामा राहत सामाग्री बाड्न जाँदाको भनेकाछन् । जुन तस्बिरमा उनी एक गाडीको छेउमा राहत सामाग्रीका साथ उभिएकीछिन् जहाँ सेता बन्डल देखिन्छ जसलाई अधिकांशले बाइबल भनेका छन् ।

सामाजिक सञ्जालमा भाइरल भएकाे तस्विर

अन्जुले राहत सामाग्री बाड्ने बाहानामा धर्मको प्रचार गरेको भन्दै सर्बत्र आलोचना भईरहेको छ । कतिले उनलाई बहिष्कारै गर्न समेत भनेका छन् । तर उक्त तस्बिर भने बारा पर्सामा अन्जुले राहत बाड्न लागेको भने होईन । उनको यो तस्बिर सन् २०१८ डिसेम्बर ५ मा उनकै फेसबुकमा अपलोड भएको छ । यो तस्बिर बारा जिल्लाकै कुनै ठाउँमा स्कुले विद्यार्थीका लागि शैक्षिक सामग्री उपलब्ध गराउन जाँदा खिचिएको हो तर उक्त तस्बिरलाई सामाजिक सञ्जालमा दुरुपयोग भने भईरहेको छ ।

हुरी प्रभावितका लागि अन्जु राहत लिएर प्रभावित क्षेत्र पुगेकी नै छैनन् । अन्जुले आफनो नाममा फाउन्डेसन खोलेकी छिन् । जुन फाउन्डेसनबाट उनले दुर्गम क्षेत्रका विपन्नलाई सहयोग गर्दे आएकीछिन् । उनले सोही फाउन्डेसनबाट भूकम्प पीडित, बाढीपीडित, आर्थिक रूपले विपन्न दुर्गम गाउँबस्तीमा लत्ताकपडा, पैसा, खाद्यान्न, शैक्षिक सामग्रीलगायत सहयोग गर्दै आएकी छिन् । हाल भने उनलाई बिवादमा मात्रै मुछिएको छ तर अन्जुले यसअघि भने सहयोग भन्दै क्रिश्चिन धर्मको प्रचार गर्दे बाइबल बाँडिरहेको खबर भने आईरहेको थियो ।


पछिल्लो भाईरल फोटाका विषयमा उने आफ्नो फेसबुक पेजमा लेखेकी छिन ‘मेरा आदरणीय दर्शक श्रोताहरू, मेरा सम्पूर्ण परिवारहरूलाई नमस्ते । ‘अन्जु पन्त फाउण्डेसन’मार्फत् गत डिसेम्बर महिनामा बारा जिल्लामा भएको स्कुलका बालबालिकाहरूलाई स्कुल ब्याग तथा कापीकलम बितरण गर्न बारामा गएको बेलाको फोटो प्रयोग गरेर अहिले बाइबल बाँड्न गएको भनेर ममाथि मिथ्या आरोप लगाउने काम भयो । बेलाबेलामा ममाथि यस्ता आरोपहरू लागिरहन्छन् । मलाई सहने बानी परिसकेको छ । म अविचलित समाजसेवामा लागिरहने छु । आँधीहुरी प्रभावित क्षेत्रमा त्रिपाल, झुल, म्याट लगायतका करिब २ लाखको सहयोग तत्काल बारामा पठाउँदै छौँ । बारामै बाढीले घरबारविहीन ३५ परिवारका लागि भवन निर्माण गर्ने कामको तयारी पनि हुँदैछ । सम्पूर्ण सहयोगी तथा शुभचिन्तकहरूमा हार्दिक आभार’

उनले सार्वजनिक कार्यक्रममा क्रिश्चियन धर्मकाे प्रचार गरेकाे युटुवमा भेटिएकाे एउटा भिडियाे

https://youtu.be/1oD2z2FeN9Q