आगामी वैशाख १३ गते अल नेपाल रिलिज हुने फिल्म कालो वर्ष (ब्ल्याक इयर) को गीत सार्वजनिक गरिएको छ।
नेपाली गरिब घरको कथा भनिएको फिल्मको यस्तो साथी बोलको पहिलो गीत सार्वजनिक गरिएको हो। गत २०७२ सालमा गएको प्रलयकारी गोरखा भूकम्पपछिको कथामा बनेको फिल्मको यो गीत अञ्जु पन्त र विशाल निरौलाले गाएका छन्। लक्षु गौतमको निर्देशनमा बनेको फिल्ममा ओकेस पनेरु, अनुपा खड्का, पवन भट्टराई, सुरेन्द्र बुढा, रश्मी शाह, रवीन भुजेललगायत प्रमुख भूमिकामा छन्।
योगिराम फिल्म्स्को ब्यानरमा योगेन्द्रप्रसाद पनेरु र श्याम खड्का निर्माण तथा राम खड्काको सहनिर्माणमा बनेको फिल्ममा ओकेस पनेरुको लेखन, गोविन्द सोनुको गीत रचना, खेम सरु मगरको संगीत, मेघना मगरको कोरियोग्राफी, रामेश्वर हुमागार्इंको छायांकन र सुवास देवकोटाको सम्पादन रहेको छ। फिल्म उपत्यकामा रिच इन्टरटेन्मेन्टबाट करण श्रेष्ठ ‘क्रेजी’ र उपत्यकाबाहिर श्रीकृष्ण फिल्म्स्बाट केदार पराजुलीले वितरणको जिम्मा लिएका छन्।











प्रतिक्रिया