महिला टी–२० क्रिकेटः बैतडीका पाँच खेलाडी अक्सनबाट छानिए



विनोद सिंह विष्ट, बैतडी ।
पहिलो एनसीएल महिला टी–२० क्रिकेट लिगको अक्सनवाट बैतडीका पाँच खेलाडी छानिएका छन् । छानिने खेलाडीमा रितु कुमारी कनौजिया, अञ्जली चन्द, रेखा रावल,मञ्जु बोकटी र निशा भट्ट रहेका छन् ।

आईतवार काठमाडौंमा सम्पन्न अक्सनवाट रितुलाई कुमार कोनौजिया विराटनगर रोअरिङ लायन्सले ६५ हजार , विराटनगर रोअरिङ लायन्सले अञ्जलीलाई ५० हजार ,मञ्जुलाई काठमाडौं सुपर च्याम्पियनले ५० हजार , रेखालाई धनगढी वन्डर वुमनले ५० हजार र निशा भट्टलाई पनि धनगढी वन्डर वुमनले १५ हजारमा अनुबन्ध गरेको हो । बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष लाल बहादुर चन्दले बैतडीवाट पाँच जना खेलाडी छानिएकोमा खुसी ब्यक्त गर्दै सबै खेलाडीलाई बधाई तथा खेलको शुभकामना दिनुभएको छ ।

एसियाकै पहिलो महिला अक्सनमा विराटनगर रोअरिङ लायन्स,काठमाडौं सुपर च्याम्पियन,धनगढी वन्डर वुमन र भैरहवा क्विन्स फेन्चाइज टोलीले आ आफ्नो टिममा १३–१३ खेलाडी अनुबन्ध गरेका छन् । आइतबार ८० खेलाडी सम्मिलित अक्सनमा प्रतियोगिताका चार टिमले गरेर ५२ खेलाडी अनुबन्ध गरेका हुन् ।

प्रतियोगिता आगामी वैशाख ७ देखी १४ गतेसम्म विराटनगरस्थित बैजनाथपुर क्रिकेट मैदानमा हुने छ । विजेता टोलीले ट्रफीसहित १० लाख रुपैयाँ र उप विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । हरेक खेलको प्लयेर अफ द म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीले प्राप्त गर्ने पुरस्कारका प्रदान गर्ने समेत आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्