पिनाकलका चौधरीलाई सम्मान



ललितपुर, (नेस)
हङकङमा सम्पन्न तेस्रो एशियाली युथ एथलेटिक्स च्याम्पियनशिप अन्तर्गत ३ हजार मिटरमा स्वर्ण विजेता युवा धावक अजितकुमार यादव आफु पढेको कलेजबाट सम्मानित भएका छन् ।

लगनखेलस्थित पिनाकल एकेडेमीले अजितलाई ५० हजार नगदसहित सम्मान गरेको हो । सो विद्यालयमा व्यवस्थापन संकाय अन्तर्गत कक्षा १२ मा अध्ययनरत यादवलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले सम्मान पत्र र नगद प्रदान गर्नुभयो । मन्त्री पोखरेलले भन्नुभयो–युवा खेलाडीलाई थप प्रोत्साहन गर्न सरकारले कुनै कसर बाकी राख्दैन ।

विद्यार्थीको रुची अनुसार विद्यार्थीलाई हौसला प्रदान गर्नुपर्छ ।
कार्यक्रममा बोल्दै ललितपुरका सांसद पम्फा भुषाल, हिसानका अध्यक्ष, रमेश सिलवाल, राष्ट्रिय परीक्षा बोर्ड प्रदेश –३ का प्रमुख जयन्ती सत्याल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरदराज न्यौपाने लगायतले युवा खेलाडी अजितले एथलेटिक्समा स्वर्ण पदक जितेर नेपालको इतिहासमा नाम कमाउन सफल भएकोमा बधाइ दिनुभएको थियो । विद्यार्थी अजितले आफ्नो सम्मानले विद्यालयको नाम उचाइमा पुगेको भन्दै बताए— अहिले म खुसीले बोल्न सक्ने अवस्थामा छैन, तर देशको निम्ति लगातार लागि पर्नेछु ।

स्वर्ण विजेता अजितलाई निःशुल्क उच्च शिक्षाको व्यवस्था गर्ने र विद्यालयको होस्टलमा पुर्ण छत्रवृतिमा पढ्दै आएका उनलाई विद्यालयले थप सुविधा दिने घोषणा गरेको छ । नेपाली इतिहासको एसियाली स्तरमा एथलेटिक्स क्षेत्रमा नेपालले पहिलो पटक स्वर्ण पदक पाएको हो । कलेजका अधिकांस विद्यार्थीले उनलाई मालाले सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्