नेपाल पत्रकार महासंघको फुटसल प्रतियोगिता



काभ्रे ।
नेपाल पत्रकार महासंघ काभ्रे शाखाले स्थापना दिवसको अवसर पारी जिल्लामा कार्यरत पत्रकारहरु बीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरेको छ ।
पुर्व अध्यक्षहरु भोला थापा, महेश पौड्याल, नारायण सापकोटा र अध्यक्ष मोतीराम तिमल्सिनाको नेतृत्वमा चार टिम प्रतिस्पर्धा गराएको थियो । प्रतिस्पर्धामा पहिलो खेल पुर्व अध्यक्ष भोला थापा र वर्तमान अध्यक्ष मोतीराम तिमल्सिनाको टिम बीच भएको थियो । थापाको टिमले तिमल्सिनाको टिमलाई ३–२ ले पराजित ग¥यो ।

दोश्रो खेल पुर्व अध्यक्ष महेश पौड्याल र नारायण सापकोटाको टिम बीच भएको खेलमा २–१ गोल सहित पौड्याल समुहको टिम विजयी भयो । विजयी भएका दुई टिम बीचको प्रतिस्पर्धामा भोला थापा समुहको टिमले ५–१ गोल सहित ट्रफि र नगद ५ हजार जितेको थियो । विजयी टिमलाई शाखा अध्यक्ष मोतीराम तिमल्सिनाले नगद र ट्रफि हस्तान्तरण गरेका थिए ।

विजेता टिमले प्राप्त गरेको नगद ५ हजारमा थप ५ हजार सहित १० हजार जिल्लामा अध्ययन गर्ने विद्यार्थीहरुका लागि छात्रवृत्ति प्रदान गर्ने घोषणा सहित पुर्व अध्यक्ष थापाले नगद ५ हजार शाखा अध्यक्ष मोतीराम तिमल्सिनालाई हस्तान्तरण गरेका थिए ।

प्रतियोगितामा सहभागिहरुलाई प्रदेश उपाध्यक्ष यदुनाथ गौतम, सचिव सुरेश हुमागाई, सल्लाहकारहरु भोजराज तिमल्सिना, बद्रिराज तिमल्सिना सहितले प्रमाणपत्र वितरण गरेका थिए । संचारकर्मीहरु बीचको मैत्रीपूर्ण फुटसल प्रतियोगिताले आगामी दिनमा ब्यवसायीक एकतालाई बलियो र मजबुत बनाउने शाखा अध्यक्ष मोतीराम तिमल्सिनाले बताए ।

प्रतिक्रिया दिनुहोस्