सञ्चारमाध्यम ‘जनताका शत्रु र वास्तविक प्रतिपक्षी दल’ हुन्ः ट्रम्प


वासिङ्टन ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मङ्गलबार मुल धारको सञ्चारमाध्यमलाई ‘शत्रु’ र ‘प्रतिपक्षी दल’ को सज्ञा दिनुभएको छ ।

ट्रम्पको निर्वाचन अभियानमा रूसी साँठगाँठबारे वर्तमान् राष्ट्रपतिमाथि लागेको आरोपको छानविन गरी हालै प्रतिवेदन पेश गरेका अमेरिकी संघीय अनुसन्धान विभागका पूर्व निर्देशक रोबर्ट म्युलरको प्रतिवेदनले ट्रम्पलाई उक्त मुद्दामा दोषी नभेटिएको भन्ने निष्कर्षपछि ट्रम्पको यो भनाई आएको हो ।

उहाँले पत्रकारहरूले अमेरिकी निर्वाचनमा रूसी हस्तक्षेपबारे भएको अनुसन्धान रिपोर्टलाई न्यायसङ्गत रूपमा प्रस्तुत नगरेको आरोप लगाउनुभएको छ ।

“विश्वभर मुलधारका सञ्चारमाध्यमहरू भ्रष्ट र मिथ्या बनेकाले उनीहरूप्रति जनताको आक्रोस र घृणा प्रकट गर्ने गरेका छन्,” अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीटर सन्देशमार्फत भन्नुभएको छ ।

“राष्ट्रपति अभियानमा रूसी साँठगाँठको मुद्दालाई विगत दुई बर्षसम्म भ्रमित गर्ने प्रयास सञ्चारमाध्यमले गरे यद्यपि उनीहरूलाई निर्वाचनमा रूससँग कुनै साँठगाँठ नरहेको जानकारी थियो ।”

“उनीहरू साँच्चै जनताका शत्रु र वास्तविक प्रतिपक्ष हुन् ।”
रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।