चीनको केमिकल उद्योगमा आगलागीपछि विस्फोटः ४४ को मृत्यु, ६ सय ४० जना घाइते



एजेन्सी, पूर्वी चीनको एक रासायनिक मल उद्योगमा भएको विस्फोटमा ४४ जनाको मृत्यु भएको छ भने ६ सय ४० जना घाइते भएको चिनियाँ समाचार संस्थाहरुले जनाएका छन ।

बिस्फोट येनचंग शहरमा तियानजियाई केमिकल कम्पनिमा स्थानिय समय अनुसार बिहीवार दिउँसो २:५० बजे भएको थियो ।

आगलागी भएपछि भएको विस्फोटको समयमा भूकम्प मापन केन्द्रले २.२ म्याग्निट्युडको कम्पन मापन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्