गोरखामा झोलाभित्र प्रेसर कुकर बम



गोरखा । गोरखामा २ ठाउँमा झोलामा राखेको प्रेसर कुकर बम भेटिएको छ । दुबै बम रहेको स्थानमा अहिले नेपाली सेनाको बम डिस्पोजल टोली पुगिसकेको छ ।

नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका नेता कार्यकर्ताले बम राखेको प्रहरीले अनुमान गरेको छ । गोरखा सदरमुकामबाट गोरखा क्याम्पस जाने बाटोमा पर्ने भीआईपी टोल र गोरखा सदरमुकामको १२ किलो बजार नजिकै आँबुखैरेनी बजार बिहीबार बिहान २ वटा बम भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्