मोरङमा डेढ अर्ब लगानीमा सप्तकोशी सिमेन्ट उद्योगको स्थापना



सरोज यादव, विराटनगर ।
एच.आर गोयल ग्रुपको लगानी रहेको सप्तकोशी सिमेन्ट उद्योगको औपचारिक उद्घाटन भएको छ । करिब एक अर्ब ३० करोड बढी लगानीमा सञ्चालनमा आएको उद्योगको प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका हुन । मोरङको कटहरी नगरपालिका ४ मा अवस्थित उद्योगले दैनिक ओपीसी र पीपीसी गरी १५ हजार बोरा सिमेन्ट उत्पादन गर्न थालेको उद्योगका कार्यकारी निर्देशक आशिष कुमार गोयलले जानकारी दिए ।

गोयलका अनुसार अत्याधुनिक तथा स्वचालित उपकरण जडान लगायत निर्माण कार्यमा हालसम्म एक अर्ब ३० करोड लगानी उद्योगमा रहेको छ । बिराटनगरको कटहरीमा २०५३ सालदेखि मझौला उद्योगको रुपमा सञ्चालनमा आएको यो सिमेन्टले ठूला उद्योगका रुपमा नयाँ स्वरुपमा सिमेन्टलाई बजारमा ल्याएको हो । उद्योगमा दुई सय बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । पूर्वको गौरव भन्ने उद्गारलाई लेबल ट्रेडमार्क दिएको सिमेन्टको उत्पादन प्रदेश नं १ र २ का बजारसम्म विस्तार भएको सप्तकोशी सिमेन्ट उद्योगका अध्यक्ष सुरेन्द्र कुमार गोयलले जानकारी दिए । उद्घाटन कार्यक्रममा उत्कृष्ट कर्मचारी तथा वितरकहरुलाई अवार्ड प्रदान गरिएको थियो ।

उद्योगको उद्घाटन गर्दै मुख्यमन्त्री राईले ठूलो सोच र साहसका साथ उद्योग स्थापना गरेर सिमेन्ट बजारमा ल्याएको भन्दै लगानीकर्ताहरुको प्रशंसा गरे । राष्ट्र निर्माणमा सामाजिक उत्तरदायित्व बहन गर्दे गुणस्तरिय सिमेन्ट उत्पादन गर्न उनले आग्रह गरेका छन । यतिबेला राष्ट्र निर्माणको अभियान छ मुख्यमन्त्री राईले भने , विकास र समृद्धिको एजेण्डालाइ सहयोग गर्न म निजी क्षेत्रलार्य आग्रह गर्दछु । सबै क्षेत्रमा ठूला सपना देख्नेको खाँचो रहेको भन्दै उनले प्रदेशको विकासमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन । उनले निजी क्षेत्रलाई अभिन्न र अनिवार्य अंग बनाएर अगाडि बढ्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्