कैलालीको चिसापानीमा गाडीबाट सुन तस्करी



काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिका–३ बाट दुई किलो २३२ ग्राम सुन तथा चाँदी सहित दुई जना पक्राउ परेका छन् ।

लम्किचुहा स्थित चिपापानी चेक प्वाइन्टबाट विशेष सूचनाका अधारमा रमेश कुमार सैजुले चलाएको बा. १९ च ७४१३ नम्बरको गाडीबाट दुई किलो २३२ ग्राम सुन तथा केही चाँदी समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी आभूषण तिम्सिनाले जानकारी दिए ।

बुधवार साँझ चेकजाँचको क्रममा उक्त कारमा सवार कैलारी गाउँपालिका–५ बस्ने चौधरी थरकी एक महिला र चालक रमेश कुमार सैजु लाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर पठाइने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्