प्रभावकारी सुरक्षा संयन्त्र बनाउन बिधार्धीको सहयोग आबश्यक



नेपाल समाचारपत्र, काठमाडौं
सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले सुरक्षा संयन्त्रलाई प्रभाबकारी बनाउन नागरिक र बिधार्धीहरुको पनि सहयोग आबश्यक पर्ने बताउनुभएको छ ।

बिजेश्वरी डल्लुस्थित द सनसाइन स्कुलको अभिभाबक दिबसमा बोल्दै महानिरीक्षक खनालले सुरक्षा आम नागरिकका लागि नभइ नहुने कुरालाई सुरक्षा निकायले जहिले पनि अत्यन्तै सचेत भएर काम गर्ने गरेको स्पष्ट पार्नुभएको छ ।

कार्यक्रममा इतिहासबिद प्राडा सुरेन्द्र केसीले इतिहासलाई सम्झदै बिधार्थीले बदलिदो बिज्ञान र टेक्नोलोजीको सदुपयोग गर्नुपर्ने कुरामा जोड दिनुभएको छ ।

बरिष्ठ पत्रकार टंक पन्तले बिधार्थीहरुको भबिष्य सुधारका अभिभाबकहरुले निर्बाह गर्नुपर्ने भुमिकाबारेमा प्रकाश पार्नुभएको थियो । बिधालय संचालक समितिका अध्यक्ष बिष्णुप्रसाद भण्डारी, प्रिन्सिपल बाबुराम गौतम, सहायक प्रिन्सिपल तेजप्रसाद भण्डारी, समाजसेबी अच्युतराज ज्ञवाली, डिएसपी सुधिर शर्मा, मुकुन्द पाण्डे, कलाकार रामचन्द्र चन्द, बिधार्थीका तर्फबाट रञ्जना भण्डारी, काठमाडौ महानगरपालिकाका आनन्द गौतम अभिभाबकका तर्फबाट गौतम भटराईले सो क्षेत्रको प्रतिष्ठित बिधालयको प्रगतिका बारेमा उल्लेख गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्