राप्ती वन्दले रोल्पाको जनजीवन प्रभावित



महेश न्यौपाने, रोल्पा
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी राप्ती व्यूरोले आह्वान गरेको वन्दका कारण रोल्पाको जनजीवन विहानै देखी प्रभावित भएको छ ।
वन्दका कारण जिल्ला सदरमुकामवाट छुट्ने लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन चल्न सकेका छैनन । वन्दले जिल्ला सदरमुकाम तथा सदरमुकाम वाहिर रहेका वजार, कलकारखाना र विद्यालय कलेजहरु पूर्ण रुपमा वन्द रहेका छन ।

वन्दको खवर नपाएर विहानी कक्षाका लागि उच्च मावि र कलेज पुगेका विद्यार्थीहरु पनि वन्दको सूचना पाएपछि घर फर्किदै गरेको देखिन्छ । सदरमुकाम र अन्य वजार केन्द्रमा रहेका तरकारी पसल, होटेल, औषधी पसल, एम्वुलेन्स भने निर्वाध ढंगले संचालमा रहेका छन ।

अन्य समयमा फाट्ट फुट्ट सवारी साधन, पसल र विद्यालयहरु खुला रहे पनि यस पटकको वन्दमा भने पूर्ण रुपमा वन्द रहेका छन । वन्दका कारण कुनै अप्रीय घटना हुने हो की भन्दै जनसाधारण समेत त्रास देखिन्छ । अघिल्ला वन्दको पूर्व सन्ध्यामा मसाल जुलुस र फायरिङका आवाज सुनिए पनि यस पटक त्यस्तो त्रास भने सुनिएको छैन ।

प्रहरी प्रशासनले आफ्ना नेता कार्यकर्ता गैरन्यायीक गिरप्तारी गरेको भन्दै सो पार्टीको राप्ती व्यूराले वन्द आवह्वान गरेको हो । व्यूरो ईन्चार्ज सुवासले हिजो एक प्रेस विज्ञप्ती जारी गर्दै पार्टीका दाङ जिल्ला सचिवालय सदस्य प्रदीप वली, ईश्वरी पाण्डे र जिल्ला सदस्य रुद्र वलीलाई सहिद सम्मान कार्यक्रम गर्दै गर्दा तुल्सीपुर स्थलवाट गिरप्तार गरेको वताएका छन । यसैगरि व्यक्तिगत कामको शिलशिलामा घरमै रहेको वेला रोल्पा जिल्लावाट दलित मुक्ती मोर्चाका केन्द्रीय सदस्य टीकाराम पयिार, पुर्व अध्यक्ष लालवहादुर सुनार र अर्का कार्यकर्ता नृपेन्द्र सेनलाई पक्राउ गरेको उल्लेख गरेका छन ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले युद्धकालिन संरचना जस्तै व्यूरोको अवधारण अन्तरगत पार्टी संरचना संचालन गरेको छ । पार्टीको राप्ती व्यूरो अन्तरगत दाङ, सल्यान, रुकुम, प्यूठान र रोल्पा पर्दछन । राज्य पुनरसंरचना संगै रुकुम पूर्व र रुकुम पश्चिम वनाई पनि सो पार्टीले भने राप्ती व्यूरो अन्तरगत ५ जिल्ला मात्रै समावेश गरेको वताईन्छ ।

प्रतिक्रिया दिनुहोस्