सल्यानमा बस दुर्घटना, १५ जना घाइते



सल्यान । सल्यानमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । जिल्लाको शारदा नगरपालिका–१ चैवाङज्युला नजिकै बुधबार बिहान काठमाडौंबाट रुकुमका लागि छुटेको ना ४ ख ५३७३ बस दुर्घटना भएको हो ।

दुर्घटना स्थलमा स्थानीयवासी र प्रहरीले उद्दार गरिरहेकोे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घाइतेहरुको श्रीनगर स्थित विभिन्न अस्पतालहरुमा उपचार भई रहेको छ । दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्